पोर्चुगलको पासपोर्ट संसारकै पाचौ शक्तिशाली , विश्वका १८५ देश बिना भिषा भ्रमण गर्न सकिने !

पोर्चुगल |

पोर्चुगलको पासपोर्ट विश्वकै पाँचौ शक्तिशाली पासपोर्टमा सुचिकृत भएको छ। गत वर्ष पोर्चुगलको पासपोर्ट विश्वको छैठौ शक्तिशालीमा रहेको थियो। यो सूचना हेन्ली पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको हो।

पोर्चुगलका नागरिकहरु विश्वका विभिन्न देशको भ्रमण गर्दा कम रोकतोक र सोधपुछ हुने गर्दछ। विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टमा जापान र सिंगापुर परेका छन्। जापान र सिंगापुरका पासपोर्टमा संसारका १९० मुलुकमा बिना कुनै रोकतोक आवतजावत गर्न सकिन्छ।

विश्वका शक्तिशाली पासपोर्ट सुचिको दोश्रोमा कोरिया, जर्मनी र फिनल्याण्ड रहेका छन्, यी देशका नागरिकले विश्वका १८८ मुलुकमा बिना भिसा यात्रा गर्न सक्दछन।

विश्वका शक्तिशाली पासपोर्ट सुचिको तेश्रोमा डेनमार्क, इटाली र लक्जम्बर्ग रहेका छन् , यी देशका नागरिकहरुले बिना भिषा १८७ देशको भ्रमण गर्न सक्दछन। शक्तिशाली पासपोर्ट तालिकाको चौथोमा फ्रान्स, स्विडेन र स्पेन गहेका छन् , यी देशका नागरिकहरुले बिना भिसा १८६ देशको भ्रमण गर्न सक्दछन।

विश्वका शक्तिशाली पासपोर्ट सूचिको पाँचौ स्थानमा पोर्चुगल, अस्ट्रिया र नेदरल्याण्ड रहेका छन् , यो देशका नागरिकहरुले विश्वका १८५ देश बिना रोकतोक भ्रमण गर्न सक्दछन।

२०१९ को शक्तिशाली पासपोर्ट सुचिमा पोर्चुगलको पासपोर्ट बेलायत , अमेरिका, आयरल्याण्ड र अस्ट्रेलियाको भन्दा पनि शक्तिशाली रहेको छ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार