मिर्गौला पिडीत केशबप्रसाद पराजुलीका छोराछोरीलाई पोर्चुगलबाट शैक्षिक सहयोग

-सुरेश जोशी, पोर्चुगल|

दुबै मिर्गौला फेल भएका सिन्धुपाल्चोक बलेफी गाउँपलिकाका वडा नम्बर ६ निवासी पराजुलीअहिले नियमित रुपमा औषधी उपचार गरीरहेका र परिवारलाई पालनपोषण र शिक्षा दीक्षाको लागि आर्थिक अवस्था निकै कमजोर भएकोले छोराछोरीलाई स्कुल पठाउन पनि निकै समस्या रहेको जानकारीमा आए पछि बिगत लामो समयदेखि पोर्चुगललाई कर्मथलो बनाएकी सिन्धुपाल्चोककी सरला तिमिल्सिनाको नेतृत्वमा पोर्चुगलमा पनि सहयोग रकम जुटाउन शुरु गरिएको थियो ।

तिमल्सिनाको अगुवाईमा पोर्चुगलको नेपालीहरुमाझ सहयोगको अपील गर्दै एक लाख एक हजार एक सय पाँच रुपैयाँ संकलन गरी उक्त रकम बलेफी गाउँपालिका वडा अध्यक्ष चित्रबहादुर तामाङ, प्रोफेसर कृष्ण कोपिला कोईरालाको रोहवरमा पिडीत परिवारलाई हस्तान्तरण गरिएको जानकारी दिएकी छिन |

तिमिल्सिना एनआरएनए पोर्तुगलकी निवर्तमान कार्यसमिति सदस्य तथा नेपाली महिला समाज पोर्चुगलकी सचिव पनि हुनुहुन्छ । कृपया तपाईहरु पनि अझैं सहयोग गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला, तपाइहरुको सहयोगले सन्ततीको भविष्य उज्ज्वल हुनेछ |
सम्पर्कका लागि मोबाईल + ३५१- ९२०१९५५२७, ईमेल [email protected]

परको देशमा देश दुखेको बेला दुखने मन भएकाहरु , अझ भनौ आफ्नो जन्मथलोमा कोहि दुखमा भएको बेला धेरै दुख्दो रहेछ मन, यहि मनका धनि छौ| रहरलाई बाध्यताको डुंगामा तार्दा तार्दै पोर्चुगल पुगेका हामी नेपालीहरु आ- आफ्नै बाध्यता | व्यस्ततालाई पोको पारेर दुखमा मल्हम स्वरुप मिर्गौला पीडितका सन्ततीको शिक्षा दिक्षाका लागि जुटे यसरी सहयोगी मनहरु पोर्चुगलमा |

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार