सभामुख महरा प्रकरण: “महरा सरले ममाथि कुनै दुर्व्यवहार गर्नुभएको छैन” -रोशनी शाही (सनसनीपूर्ण अन्तर्वार्ता)

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाएकी रोशनी शाहीले सभामुख महराबाट कुनै दुर्व्यवहार नभएको वताएकी छन् ।

जरवजस्ती करणीको आरोप लगाएकी शाहीले महरा (भर्खरै राजीनामा दिएका) आफ्नो बुवाजस्तो मान्छे भएकाले त्यस्तो सोच्न समेत नसकिने स्थिति रहेको जनाएकी हुन् । शाहीले भनिन्, म डिप्रेशनको औषधि सेवन गरिरहेकी छु । मलाई सानो कुराले छिट्टै तनावमा लैजाने गरेको छ । कर्मचारी समायोजनको क्रममा आफूले चाहेको ठाँउमा नपर्दा रिसले गलत आरोप लगाएको उनले जनाएकी हुन् ।

महराले फोन गरेको तर, कर्मचारी समायोजनबारे सम्झाउनलाई फोन गरेको बाहेक अन्यथा नभएको उनले जनाएकी हुन् ।

यद्यपी महराले बलात्कार आरोप लागेपछि निष्पक्ष, स्वच्छ र स्वतन्त्र अनुसन्धानमा सहयोग गर्न तयार रहेको भन्दै पदबाट राजीनामा दिइसकेका छन् ।
भिडियो

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार