लामो समयपछि पर्दामा जमेका जोडी राजेश र करिश्माकाे माया पिरती‘चट्ट बसम देउरालीमा’

काठमाडाैं ।
लामो समयपछि पर्दामा जमेका जोडी राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर एकसाथ पर्दामा देखिएका छन् । ‘चट्ट बसम देउरालीमा’ बोलको गीतको म्युजिक भिडियोमा उनीहरूले रोमान्स गरेका छन् ।

मेलिना राई र भीम चापागाईँको आवाज रहेको गीतमा शब्द सङ्गीत दीपक शर्माको रहेको छ । त्यस्तै संयोजन नरेन्द्र वियोगीले गरेका हुन् । प्रेमको भाव बोकेको गीत एक समय निकै चर्चामा रहेको र कालजयी बनेको गीत ‘मलाई पनि अङ्ग्रेजीमा बोल्न’सँग जोडिएको छ ।

गीतमा देवेन्द्र पाण्डेको नृत्य निर्देशन रहेको छ भने उत्सव दाहालको छायाङ्कन रहेको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार