बाको लासमाथि खेलेको त्यो पल

हेमन्त विवश

जिन्दगीको आधा बाटो कटिसक्यो। उनीभित्र जम्मा भएका सोचाइका पलहरू भने हुन सकेका छैनन् आधी। दिमागमा सलबलाउन छोडेनन् कल्पनाका रेशाहरुले । मौनतामा बसेर कुनै न कुनै पलमा प्रायजसो सोचिरहन्छन्– कस्तो थियो होला बाको अनुहार। भक्कानो उठ्छ उनको मनमा अझै पनि आमाले सुनाएको त्यो कथा सम्झिदा।

२४ वटा एल्बम प्रकाशित गरे। आफ्ना र अरूका एल्बममा गरेर करिव ७०० जति गीत गाए। थुप्रै गीतहरु चर्चित पनि बने। अहिले पनि चर्चा कमाइरहेकै छन् उनका कतिपय गीतले। तर, सकेका छैनन् बाको बारेमा गीत गाउन पनि। बा’कै कथा समेटेर तयारी नगरेका हैनन् गीत गाउन। रेकर्ड गर्नु त परै जाओस् सकेनन् रियाजसम्म पनि गर्न। अति नै भावुक बनाइरह्यो त्यही बा भन्ने शब्दले उनलाई। त्यो भावुकता बोकेका गायक हुन् अन्तराम विष्ट। जो पछिल्लो समयमा चिनिएका छन् घोप्टे जुँगा बोलको गीतबाट। घोप्टे जुँगा उनको निकै नै चर्चित गीत हो।

हिमाल डेन्टल हस्पिटलले स्थापना गरेको पचास हजार राशीको डेउडा रत्न पुरस्कार थाप्न काठमाडौं पुगेका विष्टसँग करिव एक घन्टाको कुराकानीका क्रममा भावुक बने म आफैं पनि। बाको कथा सुनाउन खोज्दा बलैले धकेल्छन् परेलीका डिलसम्म पुगेका आँसुका थोपाहरुलाई भित्रपट्टि। र हेर्न थाल्छन् उही निलो आकाशतिर। च्याप्दै तल्लोओठ दातमुनि लामो साश लिन्छन् रुघाले ग्रस्त बनाएको छ कि झैं गरेर। अब के सोधौं कसरी सोधौं निकै नै अलमलमा पर्छु म। फेरि सोच्छु– मैले कुराकानीको अन्ततिर सोध्नु थियो बाको बारेमा। सुरुमै किन तुल्याइदिए भावुक ?।

आफूलाई सम्हाल्दै बिस्तारै त्यो मौनतालाई चिर्दै बोले उनी – ‘घर चिन्ने (बनाउने) मिस्त्रीको काम गर्थे रे वुवा। धेरै जसो ठाउँबाट पाइँदैनथ्यो रे समयमा परिश्रमिकता। एक ठाउँबाट त ठूङो (हतौडा) समेत फिर्ता दिएनछन्। फेरि छाइदिन्छ हामी बीच मौनता। एकैछिनमा त्यही मौनतालाई चिरेर बिस्तारै निस्किन्छ उनको मुखबाट एउटा वाक्य –एक वर्ष तीन महिनाको छदाखेरी बुवा बिते। पाहाडमा कालो ज्वरोको माहामारी नै रहेछ। त्यही कालो ज्वरोको कारण छोडे छन् धर्ती।’
फुर्सदको बेला डायरीमा लेखिरहन्छन् उनी विगतको आफ्नै कथा। निकै भावुक मुद्रामा त्यसै भित्रका पक्ति सम्झिदै सुनाउँछन्– ‘आफन्तको मृत्युमा छाक छोड्नु पर्छ भन्छन् म त हाँसिहाँसि आफन्तको मृत्युमा खेलिराथें रे लाश माथि। त्यो समयमा मैले त आमाको दूध खाएँ रे। आफन्तको मृत्युमा छाक पनि बस्न पाएनछु। म कस्तो अभागी।’

घाम अस्ताए पछि कसैको मृत्यु हुँदा गाउँघरतिर भन्ने गर्थे –मसान सेलाइसक्यो अब आज दाहसंस्कार गर्न मिल्दैन। रातभर आँगनमा कुर्नुपर्ने हुन्थ्यो। भोलिपल्ट मात्रै लगिन्थ्यो लाश घाटतिर। घाम अस्ताए पछि नै त्यागेका थिए बुवा नन्दसिंह विष्टले प्राण। प्राणबिहीन बुवालाई ओखल छेउमा सुताइएको थियो। कुर्ने मान्छेहरु बसिरहेका थिए। आमा लक्ष्मीदेवी छाती पिटेर डाको छोड्दै रोइरहेकी थिइन्। अन्तराम खेलिरहेका थिए बुवाको लाशसँग। तोते बोली प्रस्फुटित हुन थालिसकेको थियो। बा बा …. उथ उथ…. जस्ता शब्दहरु निस्किन्थे रे उनको मुखबाट। उनका क्रियाकलाप देख्दा उनले भनिरहेझैं लाग्थ्यो रे –बुवा इत्तेखी क्याइ सिइ रैछौ। जाडी छ। उठ भितर झानाऔं। (बुवा यता किन सुत्नु भाको। जाडो छ उठ्नोस् भित्र जाऔं )
एक अवोध शिशुलाई के थाहा बुवाको आवाज अब यो दुनियाँमा कतै सुनिनेवाला छैन। वुवा अब भित्र जानु हुने छैन। उहाँ कहिल्यै बोल्नु हुने छैन् भनेर। केही हुँदा अरुले ऐय्या बा भनेको सुन्दा चसक्क हुन्छ उनको मनमा। उनी भन्छन् –मेरो मुखबाट निस्किदैन बुवा भन्ने शब्द। त्यस्तो हुँदा एउटै शब्द निस्किन्छ ऐय्या मा।
यो कुराले पनि निकै नै पिरोल्छ उनलाई। भन्छन् – खै किन निस्किदैन त्यस्तो बेला बा भन्ने शब्द मुखबाट। बारम्बार कल्पिन खोज्छन् उनी बाको मुहार। एक वर्ष तीन महिनाको समयको स्मृति कहाँ भेटिन्थ्यो र स्मृतिपटमा। इरेजरले मेटिएको चित्रमा त बरु देखिनसक्छन् अलिकति धर्साहरु तर उनीभित्र त रहेनन् त्यस्ता कुनै यादका धर्साहरु पनि। साथीहरुले बाको फोटो देखाउँदा उनका मनमा एउटा प्रश्न उब्जिन थाल्छ– मेरा बाको पनि फोटो भैदिएको भए। त्यो जमानामा गाउँमा कसले खिचिदिनु फोटो। बाको बारेमा आमाले भनेको त्यही एउटा कथा मात्र छ उनको स्मृति पटलमा। त्यही कथाले कहिलेकाही बढाइदिन्छ भावुकता र वाध्य तुल्याइदिन्छ आँसु झार्न पनि।
उसो त यो उमेरसम्म आइपुग्दा कथाव्यथाका भारीहरु थुप्रै बोके उनले। स्मृतिको एल्बममा सजाए जिन्दगीरूपी घुम्तीका थुप्रै चित्रहरू। यादको पल्लाभित्र प्रेमिकालाई सम्झाउन गरेका प्रयत्न, धर्मपुत्र पाल्दाको समयका छापहरु, काठमाडौं छोड्दा भएको गाडीभाडाको समस्या र श्रीमतीका गहना बेच्दा झरेका आँसु अनि छोरा गुमाउँदाको पीडा सबैको गह्रुङ्गो भारी लपेटेर एक्लै एक्लै हिँडिरहे उनी। जुनकुरा श्रृखलाबद्ध ढंगले आउने नै छ आगामी लेखहरुमा।

भगवान् पुकारीरहेका थुप्रै आस्तिकहरु छन् यहाँ। भगवान् कहाँ छ खै भन्ने नास्तिकहरु पनि छन् यही समाजमा। विज्ञान शिक्षक बनेर केही पल बिताएका विष्टले पुकारे वा पुकारेनन् त्यो पल कुनै भगवानलाई सोध्न बाँकी नै छ। तर उनकी जीवनसाथी विमला विष्टले भने जपिरहिन हरदम भगवानलाई। उनले देखाइनन् कहिल्यै पनि मुहारमा दुःख र पीडाको भाव। भित्रैभित्रै नरोएकि हैनन् उनी। उसो त श्रीमान कोठामा नभएको बेला ढोका थुनेर धित मर्ने गरी रोइन पनि। तर देखाइनन् भिजेका परेलीसम्म पनि श्रीमानलाई।
उसो त यो उमेरसम्म आइपुग्दा कथाव्यथाका भारीहरु थुप्रै बोके उनले। स्मृतिको एल्बममा सजाए जिन्दगीरूपी घुम्तीका थुप्रै चित्रहरू। यादको पल्लाभित्र प्रेमिकालाई सम्झाउन गरेका प्रयत्न, धर्मपुत्र पाल्दाको समयका छापहरु, काठमाडौं छोड्दा भएको गाडीभाडाको समस्या र श्रीमतीका गहना बेच्दा झरेका आँसु अनि छोरा गुमाउँदाको पीडा सबैको गह्रुङ्गो भारी लपेटेर एक्लै एक्लै हिँडिरहे उनी। जुनकुरा श्रृखलाबद्ध ढंगले आउने नै छ आगामी लेखहरुमा।


राजधानीमा बुधबार आयोजित देउडा रत्न सम्मान ग्रहण गर्दै अन्तराम विष्ट। तस्बिरः जनक भट्ट

भगवान् पुकारीरहेका थुप्रै आस्तिकहरु छन् यहाँ। भगवान् कहाँ छ खै भन्ने नास्तिकहरु पनि छन् यही समाजमा। विज्ञान शिक्षक बनेर केही पल बिताएका विष्टले पुकारे वा पुकारेनन् त्यो पल कुनै भगवानलाई सोध्न बाँकी नै छ। तर उनकी जीवनसाथी विमला विष्टले भने जपिरहिन हरदम भगवानलाई। उनले देखाइनन् कहिल्यै पनि मुहारमा दुःख र पीडाको भाव। भित्रैभित्रै नरोएकि हैनन् उनी। उसो त श्रीमान कोठामा नभएको बेला ढोका थुनेर धित मर्ने गरी रोइन पनि। तर देखाइनन् भिजेका परेलीसम्म पनि श्रीमानलाई।
अति संवेदनशील मनबाट घरी आँसु चुहाउँदै घरी त्यही मनलाई लगाम लगाउँदै गरिरहे अन्तरामले उकाली ओराली। मर्न दिएनन् आशाका किरणहरुलाई। सरकारी शिक्षकको जागिर छोडर गायन यात्रामा होमिएका विष्टले कल्पनासम्म पनि गरेका थिएनन् फेरि शिक्षक बनेर बालबालिकाहरु माझ रमाउनु पर्ला भनेर। अहिले उनी कञ्चनपुरको एउटा गाउँमा विद्यालय चलाएर बसेका छन्।

अन्तराम विष्टका बुढाबढी समाजका लागि प्रेरणाका पात्र पनि हुन्। सिद्धनाथ क्याम्पसमा बिएस्सी पढाइ गर्न माग गर्दै पाँच जनाको टिममा विद्यार्थीहरुबाट प्रतिनिधि बनेर त्रिबिका तात्कालिन उपकुलपति डा. केदारभक्त माथेमालाई भेट्दा र स्वीकृति पाएपछि प्रफुल्ल बनेका पलको याद एकातिर छ। विद्यार्थीको हकहितमा आवाज उठाएकै कारण आइएस्सी दोस्रो वर्षको प्राक्टीकलमा फेल गरिएको देखि दुई दिन हिँडेर रेडियो नेपाल दिपायलमा गीत गाउन गएको अनि थाहा पाएर पनि श्रीमतिले प्रेमिकाको तस्विरलाई एल्बममा जतन गरेर अझैं राखिराखेको जस्ता थुप्रै छन् लेख्न बाँकी उनका जीवनका पाटाहरु। जो आगामी लेखहरुमा समेटिने नै छन्।

साभार #https://nepali.breaknlinks.com

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार