ट्रेन्डिङमा ‘छक्का पञ्जा–२’

काठमाडौं ।

नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–२’ युट्युबमा ट्रेन्डिङमा आएको छ । रिलिज भएको दोस्रो दिनमै ट्रेन्डिङमा आएको हो । यो समाचार तयार पार्दासम्म चलचित्र युट्युब ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ ।

हल रिलिजको लामो समयपछि चलचित्र ‘छक्का पञ्जा–२’ युट्युबमा रिलिज गरिएको थियो । चलचित्र ‘छक्का पञ्जा–२’ यस अघि नै आईफ्ल्क्सिका प्रयोगकर्तामाझ भने उपलब्ध थियो ।

दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, स्वस्तिमा खड्का, वर्षा राउत, बुद्धि तामाङ, प्रियङ्का कार्की लगायत कलाकार चलचित्रमा मुख्य भूमिकामा छन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार