महिलाको सिन्दुर पुछिदिने धर्म र समाज

– प्रकाश गजमेर , पोर्तुगल ।

परदेशको बसाइ कामको थकान आउने बित्तिकै नीदाउन पुगेछु बिहानको ८ बजेको सम्म सुत्दै थिए । मोबाइलमा घण्टी बज्यो नेपालको नम्बरबाट कल आएको रैछ झसंग भय मन ले सबै नराम्रो कुरा सोच्न थालिसकेको थियो । बाबा बीमार हुनुहुन्थ्यो पक्कै केही भयो नेपालबाट नम्बरमा फोन भनेको दुर्लभ नै आउने गर्दछ । आजकल इन्टरनेटको जमानामा नम्बर हेरे डराइ डराइ फोन उठाए दाइले मलीन स्वरमा भन्नुभयो दाइले गर्ने सम्बोधन सधै कान्छा नै हो कान्छा बा बीत्नु भयो !!!

केही बोल्ने शब्द नै पाइन अलमल्ल परे । जीउ सलाङ सिलिङ भयो । मन बेचैन भयो । मलीन स्वरमा भने होर ? हो अब तनाब नलिनु म छु बिस्तारै आइज भन्नु भयो । अनि दाइले भन्नू भयो पशुपतिमा दाहसस्कार गराैं होला । तर, मैले हुन्न गाउ नै लैजानु पर्छ भने । गाउँघरका सबैले देख्ने मौका पाउँछन् । अनि दाइले हुन्छ भन्नु भयो र फोन राखे मैले हतार हतार टिकट लीन तिर लागे टिकट लिदा १२ बजेको थियो । त्यहि दिनको दिउँसो ४ः४५ नेपाल फर्कने पक्का भयो ।

मन भारी बनेको थियो । भारी मन हल्का हुने भनेको आँसु झार्दा मात्रै थियो । १४ घन्टा लामो हवाई यात्रा एक्लै न कोही चिने जानेको ? मनमनै सोचे आमाहरुको बारेमा, के हालत म हुनुहुन्छ होला? कस्तो हुनुभयो होला ? धेरै सम्झना मरी जाने बाको त छदै थियो बा को सम्झना धेरै भयो आमाहरु प्रति चिन्ता बढी भयो । बा को २ श्रीमती मेरा लागि दुबै आमा बराबर हुनुहुन्छ । अनि मनमा सोचे लाखौ विदेशिएका छोराहरु म जस्तै आमा बा को अन्तिम पटक मुख देख्न नै नपाइ मरी जानू भयो होला । मेरो पनि कथा उस्तै भयो म त यो मानेमा भाग्यमानी भय कि शोकमा परिवार संगै दुखी हुन त पाए हजारौं छोराहरु चिसो आँखा गरुङ्गो मन लियर रुदै रुदै काम तर्फ जान परेन ।

कम्पनी ले आउन दिएन बिदा मेलेन यता उता को लफडा मेरो लागि परेन यो मामीलामा भाग्यमानी भँए । १४ घन्टाको यात्रा सकियो नेपाल पुगियो । काठमाडौंबाट आफ्न्तकै ट्याक्सीमा गोर्खातिर लागे । बाटो निकै जाम थियो । अस्तव्यस्त थियो । भोको पेट २ दिनसम्मको निद्रा काठमाडौंबाट ५ घन्टा ट्याक्सीको यात्रामा घर पुगे । रातीको २ बजे सबै सुनसान थियो । घरको पालीमा पुग्दा बाले काठमाडौंबाट घर जाँदा कान्छा आइस भन्ने शब्द आउँछ कि झै लागिरह्यो तर त्यो शब्द अब जीवनभरीका लागि बिदा भएको थियो । मेरो मानसपटलमा बा ले बोलेका १००० शब्दहरु ले यति हान्यो कि म आफूलाई यति कठोर लाग्छ तर सकिन पग्लीयो मन बाले लगाउने लुगा, बोल्ने बोली दैलो तिर आगान पिढीको डिलतिर नै हुनुहुन्छ जस्तो लाग्ने कतैबाट आउनुहुन्छ जस्तो मात्र लाग्ने तर त्यो मात्र दीवा सपना थियो ।

बिपना फरक भैसकेको थियो । एक महिना अगाडी मात्र नेपाल आएर बा संग २ महिना बिताउनु नै बा संगको जीवन को अन्तिम बसाइ भयो । हरेक छोराछोरीको आमाबासंगको जीवन अन्तिम बसाइ हुने गर्दछ । कीनकी मान्छौे मरणशिल छ । मेरो लागि पनि त्यो बसाइ अमीट छाप बनेर बस्यो हरेक बुढाबुढी बुढेसकालमा कुरा सुनाउने मान्छेको खोजीमा हुन्छन् । उहाँहरुको कुरा सुन्दियो भने निकै खुसी हुनुहुन्थ्यो । मैले पनि २ महिनाको बसाइमा १५ दिन बा संगै बसे र धेरै कुरा सुने बाउ छोरा को २८ महिनपछिको भेट निकै गफिनु भएको थियो बा । अनि धेरै खुसी पनि हुनुभएको थियो ।

ती कुराहरुले झनै मानसपटलमा झल्कीयो भित्र आमाहरु हुनुहुन्थ्यो आमा भनेर बोलाए दाइ सेतो बस्त्र मा देखे अझैं मन भक्कानियो । आमाले यति बिलैना गर्नुभयो । त्यो कल्पनासम्म पनि गर्न सक्दिन । म मनमनै रोए अनि आफैले आफैलाई सम्झाए । म पनि रोए भने मेरो आमाहरु सबै कमजोर हुनुहुन्छ म रुन हुन्न भन्ने थियो सकेसम्म मन थामे म छोरो लाई त यति पीडा छ भने जीवन संगै बिताउने बाचा गरेर आएको मेरो आमाहरुलाई कस्तो भएको होला ?

सिउदो को सिन्दुर पुछियो , गलाको पोते खोसियो, रातो छर्लङ छर्लङ बज्ने चुरा फुटे मेरा आमा जस्ता लाखौ आमाहरुको के हाल होला ? यही कुरा मनमनै खेलाए र भोलि पल्टबाट रितीरिवाज अनुसार नै काम गरे जब ९ दिनपछि आमा को अनुहार देखे साचै फेरि रोए । म त मात्र कपाल मुन्डन गरेको थिए । शरीरका रौंहरु खौरिएको थिए । जुन पलाउथ्यो लुगा कपड़ा काजक्रिरिया सकिसकेपछी पुरानै अवस्थाको लाउन पाउथे तर आमाहरुले भने अब जिवनभरी लुगा लगाउन पनि समाज र रीतिरिवाजले बनाइदिएको लगाउनु पर्ने थियो । गरगहना पनि रीतिरिवाजले तोकीदिएको लगाउनु पर्ने थियो ।

त्यही समाज त्यही भुगोलमा यदि महिला अर्थात श्रीमतीको मृत्यु भएको भए १३ दिन पछि त्यो पुरुष पुरानै पहिरन पुरानै शैलीमा हिड्नडुल्न पाउथ्यो तर एकै समाजमा महिला प्रति किन कठोर नियम लगाइदियो यो प्रश्न मेरो मनमा बार बार आइरह्यो ।

बा बित्नु त प्रकृतिको नियम थियो आमाको रुप हरण हुनु त मान्छेले बनाएको क्रुर नियम त हो के यो तोड्न मिल्दैन र ? नेपालबाट बिदेश आउदा १ महिना अगाडीसम्म आमाको हातभरी चुरा गलामा पोते सिउदोमा रातो सिन्दुर लामो कालो केसमा रातो धागो थियो १ महिनापछि जादा बा पनि हुनुभएन आमाको सिन्दुर पोते पनि रहेन हजारौ आमाहरुको संस्कार र संस्कृतिले पखालेको सिन्दुर फर्काउन अब कसले गर्ला नयाँ क्रान्ती ? चन्द्र सम्शेरले सति प्रथाको अन्त्य गरे जस्तै अब समाजमा पनि श्रीमानको मृत्युपछि सिन्दुरपोते रातो चुरा लगाउने क्रान्ति कहिले कुन महिलाबाट होला ?

बैशाख मासको चर्को घाम खडेरीले सुकेका मकैका बोटहरु उराठ लाग्दो थियो घरको वातावरण । मेरो घर त शोकमा डुबेको घर यसै नरमाइलो थियो गाउँ घर पनि सन्नटा छाएको थियो । अब हाम्रो घरको भान्सामा छिन्द्रीङ छिन्द्रीङ बज्ने चुराको आवाज कैहिल्यै सुन्न पाइने छैन । अब मेरो आमाको शरीरमा रातो लुगा अनि गलामा रातो पोते देख्न पाइने छैन । अनि कपालको बीच भागको फराकिलो सिउदोमा रातो सिन्दुर देख्न पाइने छैन । मेरो आमा त एक जना पात्र मात्र हुनुन्छ । यहाँ मेरा आमा जस्तै धर्मले बनाइएका बिधुवाहरु कति छन् कति । कस्को श्रीमानलाई लाग्दैन आफ्नो श्रीमती राम्री बनेर हिढोस् सुन्दरी होस् भन्ने बाचुन्जेल त सुन्दर देख्न चाहाने श्रीमानहरुले आफू मरेपछिको श्रीमतीको रुप यदि हेर्ने मिल्ने भए अथवा देख्थे भने कसैको श्रीमानले पनि चुरापोतेलाई बर्जीत गर्दैन थिए होला । यहाँ त श्रीमानले भन्दा पनि हाम्रो धर्मले बिधुवा बनाएको छ । समाजले बिधुवा बनाएको छ ।

एक नारी भोलि मेरो श्रीमानको देहान्त पछि म पनि त्यहि बिधुवा नारीको भेषमा कस्तो हुन्छु होला भन्ने कल्पना गर्दिन उसले बिधुवा नारीलाई भन्न सक्दिन कि तिमी चुरा पोते सिन्दुर लगाउ भन्नको लागि यदी कुनै नारीले श्रीमानको अबसानपछि चुरापोते लगाए भने त्यहि नारीले नै भन्छे नकचरी बिधुवा भएर पनि चुरापोते सिन्दुर लगाकी यस्ताको पोइ त स्वर्ग नै तर्दैन, यो त पोइटोका अनि अलच्छिनाको उपनाम दिने महिला नै हुन् ।

एक छोरो जस्ले आफ्नो आमालाई भन्न सक्दैन कि आमा गरगहना चुरापोते लगाउनुस् भन्नलाई आखिर के हो त यो धर्म ? के साच्चै हिन्दु धर्मले सिन्दुर पोते श्रीमान मरेपछि लगाउनै हुदैन भनेको छ त ? श्रीमान मरेपछी लगाउने गरगहनासंग श्रीमती के सम्बन्ध छ त ? प्रश्न यहाँ हो । म त मेरा आमा जस्तै लाखौ आमाहरुलाई अनुरोध छ लगाउनुस् रोतो चुरा पोते सिन्दुर अनि तोडनुस् धर्मले बनाएको बिधुवाको नियम । यदि आमाहरुले यस्तो गर्नु भएन भने आजै तपाईंका छोरीबुहारीले फेरि तपाईंले जस्तै बिधुवाको भेष धारण गर्न पर्ने छ । तपाईंले नै लागाई दिनुभयो भने तपाईका छोरीहरुको नयाँ जीवन सुरु हुनेछ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार