कविता : तक्दिर

– प्रदिप थिङ तामाङ
लिस्बन, पोर्तुगल

ति वृद्ध आमाँलाई छोडेर
ति बिरामी बाउ लाई छोडेर
दशैंमा एक सरो लुगा फेर्ने आशमा,
तिहारमा मिठो परिकार अगेनोमा बसालौला भन्दै
तातो घामको राप ओड्न गाको थियौं।
आमाँ देवि नै त हो
देविको मन्दिरमा सप्तरगीं फूल चढाउला,
बाउलाई अस्पतालमा उपचार गरौला भन्दै,
बालुवामा पसिनाको सिचाइ विच्छाउन गाका थियौं।
के नै पायौ र काले दाईले ?
के नै बनायौ र गोरे दाईले ?
“बा” को शरिरमा दागबत्ति अर्कैले जलाए।

दुखको आशुँ लुकाउथी औशीं मा,
खुशी भै बौरी फक्रिन खोज्थी पुर्णे मा,
शिवलाई पुज्थे सोमबारको दिन,
गणेशलाई पुज्थे मगंलबारको दिन,
भगवान नपुज्ने बारै थिएन,
सायद उन्को भक्ति सुनिदिने कोही थिएन।
के दिन के रात भोक भोकै बसेर,
छोराको लामो आयु होस भन्दै
पूजा गरेर,
मठमन्दिर धाउथी साइली आमाँ ।
के नै आशिष पायो र काले दाईले ?
के नै फल पायो र गोरे दाईले ?
निस्ठुरी समाजले आमाँलाई बोक्सी बनाए।

महिनाको अन्तिम सूर्यास्त सगैं
औंला भाच्ने गिन्ती रोक्किन्थ्यो।
बेजोडले चाहाना बौरीएर
आमाँलाई सारी अनि प्यारीलाई मोवाइल सम्झाउथ्यो।
अनुहारमा बाईस मुजा पार्दै,
उ हेर्थे भित्तामा झुन्डिएको च्यात्तिएको कमिज,
उ हेर्थे ढोका अगाडीको प्वाल परेको जुत्ता,
अनि अर्को महिनाको सुर्यास्त जन्माउथ्यो ।
बाह्र घण्टा तापिलो दिन सगैं जोतिएर,
तान्दै मात्तिएको रापिलो साँस फलाम बनेर,
पसिनाको थुप्रो साटेर बनाउथे केही रुपैया
तर प्यारीले
के नै दियो र काले दाईलाई ?
के नै छोड्यो र गोरे दाईलाई ?
प्यास बुझाउन निस्ठुरीले अर्कै रात सजाए ।

न उघ्रिन्छ यो नेपाली दिनहरु
न त सुध्रिन्छ यो नेपाली बादलहरु
यसै त्येसै जन्जिरले बेरी रहन्छ यो मनको घेरो
अल्झाई रहन्छ छटपइएको आवाजहरु।
न त मेट्नै सक्छ नेपालीहरुको तक्दिर
सायद होला सारा नेपालीको एउटै शिर।
कसैको तातो राप, कसैको चिसो राप,
कसैलाई अभाव, कसैलाई गरिबी,
यस्तै यस्तै नै दिएको छ होला सबैलाई पिर।
राणा सासन पनि फालियो ।
राजतन्त्र पनि फालियो ।
आज गणतन्त्रले ,
के नै दियो र काले दाईलाई ?
के नै दियो र गोरे दाईलाई ?
मेरो सरकार ले युरोप,अमेरीका,खाडीमा युवाहरु भासिने बनाए।
“ बा “ को शरिरमा दागबत्ति अर्कैले जलाए।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार