हास्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुसको आज जन्मदिन – ह्याप्पी बर्थडे धुर्मुस

काठमाडौं।

नेपाली कलाकारितामा धुर्मुस नामले परिचित वरिष्ठ हाँस्यकलाकार तथा सामाजिक अभियान्ता सीताराम कट्टेलको अाज शुभ जन्मदिन रहेकोे छ । हिमाली जिल्ला सोलुखुम्बुको नेचा वेदघारीमा जन्मिएका सीतारामले बाल्यकाल झापा मा बिताएका थिए । झापाबाट कलाकार बन्ने सपना बोकेर काठमाडौं आइपुगेका सीताराम कट्टेलले धेरै संघर्ष गरेर धुर्मुस नाममा परिचीत हुन सफल भएका छन् ।

लोकप्रिय हाँस्य टेलिसिरियल “मेरी बास्सै”बाट जन्मिएको धुर्मुस नामले उनलाई कहिले पछाडि फर्केर हेर्न पर्ने अवस्था आएन । सिरियलमा श्रीमान श्रीमतीको भुमिका निभाउँदै गर्दा कलाकार कुन्जना घिमिरेको प्रेममा परेपछि उनिहरु अन्तत: वास्तविक जीवनमै श्रीमान श्रीमती बनेर छाडे । धुर्मुस र सुन्तली साथमा एकछोरी छिन् । लामोसमय कलाकारितामा संघर्ष गरेका धुर्मुस सुन्तलीलाई २०७२ सालको विनाशकारी भुकम्पले सामाजिक कार्यमा अगाडि बढेका छन् ।

भुकम्प पश्चात् तहसनहस भएका ठाउँमा नमुना बस्ती बनाउने अठोट लिएर अगाडि बढेका यी जोडीले काभ्रेको पहरे नमुना बस्ती सिन्धुपाल्चोक गिरानचौर नमुना बस्ती छोटो समयमै बनाउन सफल भएका थिए । त्यसपछि झनै समाजसेवामा सक्रियता देखाउँदै मुसहर बस्ती लगायतका धेरै सामाजिक कार्यहरुमा हात हाल्दै गएपछि सफलता र प्रसंसाले झनै अगाडि बढ्दै जाने क्रममा अहिले भरतपुर चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जुटिरहेका छन् । वरिष्ठ हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस)लाई जन्मदिन को लाखौं लाख शुभकामना !!

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार