दलित युवकलाई जिउँदै जलाईयो, मृत्युको खबरले आमाको ज्यान गयो !

काठमाडौँ।

भारतको उत्तर प्रदेशमा एक दलित युवकलाई जिउँदै जलाएर हत्या गरिएको छ। हरदोई जिल्लामा दलित युवकलाई पहिले निर्घात कुटपिट गरेपछि कुर्सीमा बाँधेर आगो लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनाबारे जानकारी पाएपछि ती युवककी आमाको पनि मृत्यु भएको छ।

प्रहरीले उक्त घटनामा संलग्न भएको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ। घटनाको हुनुको मुख्य कारण प्रेम प्रकरण रहेको बताइएको छ।

स्थानीय प्रहरी अधिकारी आलोक प्रियदर्शीले भने, ‘जुन घरमा उक्त युवकको हत्या भयो, त्यही घरकी युवतीसँग युवकको प्रेम रहेछ, केही महिनाअघि ती दुई जना भागेका थिए, पछि उनीहरु फर्किए र दुवै पक्षबीच सम्झौता भयो, पछि युवक केही कामले त्यहाँ आएका बेला समातेर कुटपिट गरी आगो लगाइयो।’ २५ वर्षीय युवकको नाम मोनू बताइएको छ।

प्रहरीले युवकका आफन्तको उजुरीका आधारमा ३ जनालाई पक्राउ गरेको हो। अन्य २ जना फरार रहेको बताइएको छ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार