गायक राजेश पायलको बानेश्वरस्थित घरमा आगलागी

काठमाडौं

गायक राजेश पायल राईको बानेश्वरस्थित घरमा सोमबार साँझ आगलागी भएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने विवरण आइसकेको छैन ।आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । आगलागीबाट उनका विभिन्न अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् । आगलागीपछि गायक राईले फेसबुकमा स्टाटस लेख्दै दर्शक, श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आगलागीले दिएको पीडालाई पीडा नभएको प्रतिक्रिया दिएका छन् ।

म पिडा मा छैन किनकी तपाईहरुको आशिर्वाद र मायाको अगाडि यो पीडा,पीडा हैन । मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग ,नेपाल प्रहरी, दमकल परिवारप्रति, यहाँबाटै हार्दिक नमन । अवार्ड जले होलान् तर तपाईंहरुले दिएको आशिर्वाद, माया , सुझाव नजलोस् । म सदा तपाईहरुकै काखमा लुट्पुटिने मान्छे, आगलागीपछि उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्। आगलागीको कारण भने खुल्न सकेको छैन । साङ्गीतिक कार्यक्रमका लागि राजेश भने अहिले काठमाडौं बाहिर रहेका छन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार