सुरेश जोशी
जिन्दगी र समयसँग गुनाशो चै केहि गरिएन
चुपचाप नियती सहँदै बितेछन समयका अनेकौंन ईकाई
प-रको देशमा
गर्जिन खोज्छन अनुभवका ठेलीहरु
ज्वालामुखी जस्तै बिष्फोट हुँदै
मौनताको शक्ती देखेर चित्त बुझाउछन
प-रको देशमा
अप्रिय कहाँ लाग्छ र आफु जन्मेको माटो
त्यहि माटो भित्रको ब्यबस्था र अवस्थालाई
कोस्दै बसाई लम्ब्याउँछ मन
प-रको देशमा
ज्ञानका खानी हुन् अंग्रेज झैँ लाउथ्यो
ज्ञान त् पुर्विय दर्शनकै ठेलीमा रहेछ
बस त्यसलाई अंग्रेजले अंग्रेजीमै बेचेछ्न
र ज्ञानी भएछन
अब अंग्रेजीबाट संस्कृतमा डुबुल्की मारम
भन्छ मन
प-रको देशमा
उत्पतिको भूगोलको झण्डा देख्दा राष्ट्रीयता र ईतिहासले टुणीखेल हुने
छातीको चौडाई पी आर र ग्रीनकार्डले नाप्न मन लाउँछ
आफ्नो देश कुन हो आफैलाई सोध्न मन लाउँछ
जन्मेको देशले भू पु नेपाली भनिदियो
पी आर दिने देशले आप्रवासी
देश खोज्दा खोज्दै ठेस लाग्छ चेतनामा
र अक्षरमा पोखिन्छ देशप्रेम
प-रको देशमा