अस्पतालमा भीषण आगलागीहुदा १० को मृत्यु, ९० घाइते

ब्राजिल ।

रियो दि जेनेरियोमा रहेको एउटा अस्पतालमा भएको भीषण आगलागीमा परी कम्तीमा दश जनाको मृत्यु भएको छ ।

अग्नि नियन्त्रक अधिकारीहरूले दिएको जानकारी अनुसार बिहीबार राति आगलागी भएपछि अन्य बिरामीलाई अन्यत्र सारिएको छ । ‘आगलागीको घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ,’ रियो दि जेनेरियो अग्नि विभागद्वारा जारी बक्तव्यमा उल्लेख गरिएको छ ।

बक्तव्य अनुसार आगलागी भएको अस्पतालका बिरामीहरूलाई उत्तरी शहरमा रहेको बादिम अस्पतालमा लगिएको छ । अस्पतालको पुरानो भवनमा रहेको जेनेरेटरमा आएको समस्याका कारण आगलागी भएको प्रारम्भिक विवरण आएको छ ।

आगालागीबाट पीडित हुनेमा अस्पतालमा रहेका बिरामी र कामदार रहेका छन् । घाइते भएका मध्ये ९० जनालाई विभिन्न अस्पतालहरूमा पठाइएको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार