प्रवासमा “चन्दा आतंक” : मैले जे भोगे, जे देखे !

– शैलेश श्रेष्ठ, अमेरिका।

नेपालमा भएको भुकम्प ब्यापार र त्यसपछिको चरणबध्द “चन्दा आतंक” को भो कुरा नगरौं । यताकै कुरा गरौं है! यो आ-मरिखामा चन्दा आतंक सुनेको, देखेको मात्र होइन नजिकबाट भोगेको पनि छु । हजार त के केही सय डलर दान दिने औकात नहुनेहरुले पण्डित दीनबन्धु पोख्रेलको उक्साहटमा “माथी जाने बाटो बनाउन” लाखौं डलर बोलेर न्युयोर्कका “समाजसेवी”, “दानी” र “अभियन्ता” बनेर हजारौं लाखौँ बधाई खाएर मोटाएकाहरुको निहुरिएको शीर पनि देखेकै छु ।

बोलकबोलमा धेरै बोलेर आफ्नो कद बढाएको भ्रममा बाँचेका ति महान अभियन्ताहरुले बोलेका मध्य कति चुक्ता गरेछन एक पटक रिजउड नेपाली सोसाईटीमा सिधै सम्पर्क गरे “स्वेत पेपर” आँखा आगाडी आईहाल्छ ।

शुभचिन्तक, सहयोगी साथ र हात अनि ब्यबसायी गृहहरुको उपल्लो सद्भाव, सहयोग अनि प्रयोजनमा हामीले सन् २०१४ मा लसएन्जेलसमा “डेस्टीनेशन एलए” नाम दिएर एनआरएनए अमेरिकाको सेरोफेरोमा सम्प्रेषणको धारावाहिक सामुदायिक बहस गर्यौं । बहस हुने दिनको एकाबिहानै प्रस्तावित अर्थात निर्माणाधीन “पशुपति बुध्द फाउन्डेशन” का केही हर्ताकर्ताहरु आएर “यहाँहरुलाई स्वागत सम्मानको कार्यक्रम राखिएको छ भनेर उम्मेदवारहरुलाई “मुण्डन” गरिहालेछ्न । दिउँसोको सम्प्रेषण बहसको तयारी गर्नु पर्ने भएकोले म उहाँहरुको स्वागतमा सामेल हुन सकिन । पछि जबर्जस्ती मुण्डन गरिएकाहरुले मसंग दुखेको पोखे “हेर्नुस न शैलेशजी, के गर्ने फलानो फलानोले ड्याम्म ड्याम्म बोलिदिई हाले हाम्ले पनि नाकको चालले अलिअलि त दिनै पर्यो ।

मैले तत्काल यो रवैयाको बिरोध गरें पहिलो त आयोजकहरुले त्यस्तो लालच गर्न जायज हुँदैनथ्यो दोश्रो कुरो उम्मेदवारी घोषित गरेर चुनावी बहसमा हिडेका उम्मेदवारले चन्दा, दान आदी दिनु भनेको निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन हो । तत्कालै मैले यसका बारेका हामीसंगै सामुदायिक बहसमा त्यहाँ गएका तात्कालिक निर्वाचन प्रमुख बिनोद रोका र न्यायिक समितिका सभापति दुर्गा भुर्तेललाई ध्यानाकर्षण गराएँ ।

म फगत लेखिरहेको मात्र छैन म आफैसंग जोडिएका शृंखलाबध्द प्रमाणिक घटनाहरु पनि छन । “आ यो सतिले सरापेको हाम्रो देश र समाज यस्तै हो!” भनेर बस्नेका लागि यी घटनाक्रमहरु रमिता मात्र हुन तर समाज र संगठनमा परिमार्जन र सुधार चाहाने हो भने हामीले ठिक के हो र बेठिक के हो को आधारमा बहस अगाडी ल्याउनु पर्दछ । म चाँही यस्ता पुरातानिक कर्मकाण्ड, दण्डहिनता र हामी रमाएको दोहोरो मापदण्डको विपक्षमा बोलीरहने छु, लेखीरहने छु ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार