विश्वकप फुटबल छनोटको दोस्रो चरणमा ताइपेविरुद्ध नेपालको शानदार जित

काठमाण्डौं ।

नेपालले विश्वकप फुटबल छनोटको दोस्रो चरणमा चाइनिज ताइपेविरुद्ध जीत हासिल गरेको छ ।

ताइपे रंगशालामा भएको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेलाई २–० गोलअन्तरले पराजित गरेको हो । नेपालको जीतमा दुबै गोल अञ्जन विष्टले गरे ।

खेलको चौथो मिनेटमा नै अग्रता दिलाएका विष्टले दोस्रो गोल ६२ औं मिनेटमा गरे । योसँगै समूह बी मा रहेको नेपालले दुई खेलबाट तीन अंक बटुल्न सफल भएको छ । नेपालले यसअघि खेलको आफ्नो पहिलो खेलमा भने कुवेतसँग ७–० गोलको हार ब्यहोरेको थियो ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार