प्रवासमा तीज मनाएर नेपालमा सहयोग : रबिको कर्णाली सपना रास्कोट सामुदायीक अस्पताललाई ,नेपाली नारी समाज पोर्चुगलको सहयोग

– सुरेश जोशी, पोर्चुगल।

पोर्चुगलमा नेपाली नारी समाजले महान पर्व हरितालिका तीज आयोजना गरेर संस्कृती र कलाको जगेर्ना , प्रचार -प्रसार र प्रबर्द्दन मात्रै गरेनन् ,बरु संगै नेपालीमन र सहयोगीपन पनि नेपालीहरुको पहिचान हो भन्ने सन्देश पनि दिदै सिधा कुरा जनतासंग कार्यक्रम संचालक लोकप्रिय पत्रकार रबि लामिछानेको परोपकारी काम कालिकोटमा निर्माणाधीन रास्कोट सामुदायिक अस्पतालका लागि सहयोग समेत गरेका छन्।

हरेक बर्ष नेपाली नारी समाज पोर्तुगलले आयोजना गर्दै आईरहेको “तीज महोत्सव” कार्यक्रम बाट संकलित रकम सामाजिक कार्यका लागि खर्च गर्ने गरिएको र यस बर्ष बिकट कर्णालीको सामुदायिक अस्पताल छनौट गरिएको हो।भोईस अफ नेपालका सम्बाददाता संग कुरा गर्दै नेपाली नारी समाज पोर्चुगलकी अध्यक्ष कला राईले भनिन् ” दुर्गम कालिकोटको स्वास्थ सेवा निकै कमजोर भएको र लोकप्रिय पत्रकार रबि लामिछानेले नेतृत्व गरी रास्कोट्मा सामुदायीक अस्पातल बनाईरहेकोलेहामीले थोरै भएपनि सहयोग गर्न पाउँदा निकै खुशी छौ। ”

नेपाली नारी सामाजकी संरक्षक तथा सस्थापक अध्यक्ष सीता बराल,बर्तमान उपाध्यक्ष मीना माया खरेल लगायतले सहयोग स्वरुप जम्मा हुन आएको रकमबाट एक लाख १३ हजार ६ सय चौतिस रुपैया पोर्चुगल लिस्बनस्थित भ्वाइस अफ नेपाल मिडिया एण्ड म्यानेजमेन्ट एलडिएको कार्यलयमा भोईस अफ नेपाल टि. भी. का सस्थापक गणेश पाण्डेय र न्युज २४ का युरोप प्रतिनिधि पत्रकार यादव देवकोटालाई हस्तान्तरण गरेका थिए।भोईस अफ नेपाल टिभीले उक्त रकम नेपाल स्थित सिधा कुरा जनता संग कार्यक्रम संचालक लोकप्रिय संचारकर्मी रबि लामिछानेलाई हस्तान्तरण गर्ने जिम्मेवारी लिएको छ।

आर्थिक सहयोग गर्ने सहयोगी मनहरुको पूरा नाम र सहयोग रकम ( युरो मा)निम्न अनुसार रहेको छ।

१. नेपाली जनसम्पर्क समिती,पोर्चुगल : ३३५
२. ध्रुबराज सुवेदी : ११०
३. रबिन अधिकारी : १०५
४. तिलक गैरे : १००
५. रमेश कुमार गुरुङ : ८०
६. नरेन्द्र हमाल : ८०
७. भिमसेन थापा ( रोशन): ७५
८. लक्ष्मी ट्राभल ( बिक्रम जङ कुवर): ६०
९. नारायणकाजी मगर: ५५
१०. समीर भट्टराई : ५५
११. तास्का जसमिन (अन्जान+चिरन): ५२
१२. सुनिता ब्लोन तामाङ : ५१
१३. कुबेर कार्की : ५०
१४. छत्र बराल: ५०
१५. देवकला सापकोटा : ५०
१६. राजन खनाल: ४०
१७. अशोक गुरुङ : ४०
१८. कुमार तामाङ : ४०
१९. युवराज पन्थी ( गुल्मी समाज): २१
२०. प्रभात पौडेल : २०
२१. किरात याक्थुङ : २०
२२. इन्दु मिश्र : २०
२३. डिल बहादुर बर्देवा: २०
२४. प्रेम बुढा पुरी : २०
२५. शर्मा : २०
२६.किरात राई सोसाइटी : २०
२७. कुमारी मगर: २०
२८. राम पुन मगर ( मगर समाज): २०
२९. कोपिला कार्की : २०
३०. जुना जि.सी.: २०
३१. देव श्रेष्ठ : २०
३२. सुनिल परियार: २०
३३. सुमन ठकुरी : २०
३४.भबिन्द्र प्रसाद बन्जारा: २०
३५. श्रेया राई ( द हब्स ब्युटी पार्लर) : १५
३६. निरु सापकोटा : १०
३७. बिनिता राई: १०
३८. कोपिला लामिछाने : १०
३९. माया घोताने: १०
४०. बिनिता श्रेष्ठ : १०
४१. रेणु खनाल: ५
४२. कालिदास ढुंगाना : ५
४३ निर्मला सुबेदि पौडेल: ११

सहयोग स्वरुप जम्मा हुन आएको नौ सय युरो !

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार