जीवन र मृत्युको दोसाधमा रहेका बुद्ध लामालाई बिपिन तामांगको संयोजकत्वमा पोर्तुगलबाट सहयोग

लिस्बोन , पोर्तुगल

उदयपुर कटारीका १४ बर्षीय बुद्ध लामा लाइ पोर्तुगल बाट सहयोग मिलेको छ ।तामांग समाज पोर्तुगलका सह- कोषाध्यक्ष बिपिन तामांगको संयोजकत्वमा “बुद्ध लामा बचाउ अभियान” शुरु गरिएको थियो। ८ सेप्टेम्बर आइतबार सम्म उठेको रकम आइतबारनै IME मार्फत बिरामिका आफन्त सबिना मोकत्तान लाइ पठाएका छन् । उनले परोपकारी र सहयोगी मनहरु खोज्दै जादा हृदय खोलेर सहयोग गर्छु भनि सहयोग गर्ने थुप्रै सहयोगि मनहरु पाएका छन् ।जीवन र मृत्युको दोसाधमा रहेका बुद्धलाइ यो सहयोगले थोरै भने पनि राहत मिल्ने छ ।पोर्तुगका मनकारी हरुबाट जम्मा रकम८१० युरो संकलन भएको छ । नेपालि एक लाख एक हजार चार सय एक्चालिस रुपैया र अठ्ठासि पैसा (रु. १०१,४४१.८८) सहयोग पठाएका छन् ।
संयोजक तामांगले चाडै नै बुद्धको पुन: नया जिवन प्राप्त होस् भन्ने कामना गर्दै यो अभियानमा उनलाई विश्वास गरेर सहयोग गर्नुहुने सहयोगी मनहरुलाइ धन्यबाद ज्ञापन गरेका छन् ।

बिपिन तामांगको फेस्बूकबाट

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार