सन्तोष लामाको स्वरमा ‘फेरी फेरी’(नयाँ म्युजिक भिडियो)

काठमाण्डौं
§

गीतकार डिबि मोक्तानको लेखनमा आधुनिक गीत ‘तिमीलाई सम्झी फेरी फेरी…’ दर्शकमाझ आएको छ । गीतमा नेपाली तारा सिजन २ का विजेता गायक सन्तोष लामाको एकल स्वर रहेको छ ।

गीतमा प्रेम विछोडको कथावस्तु समेटिएको छ । सच्चा प्रेममा धोका पछि कसरी एक जना प्रेमिका कुकार्यतिर लाग्छन् भन्ने चित्रण गरिएको छ ।

गीतमा गायक लामाले नै संगीत भरेका छन् भने चाँद सिंहको एरेन्ज रहेको छ । नविनबाबु गुरुङको दृश्य निर्देशन तथा छायांकन भिडियोमा गायक लामा, रेखा लिम्बु र गौरब मोक्तान तामाङको अभिनय रहेका छन् । भिडियो नविन सिंहले सम्पादन गरेका छन् ।

महेन्द्र बुढाथोकीद्वारा निर्देशित नेपाली फिल्म ‘ज्वालामुखी’का निर्माण सहयोगी रहिसकेका गीतकार मोक्तान केही वर्ष अगाडी नेपाल टेलिभिजनबाट प्रसारित टेलिफिल्म करुणामा समेत अभिनय गरिसकेका छन् ।

तामाङ फिल्म ‘दोर्जे डन’ र ‘ह्युल्ला कानुन’को निर्माता तथा कलाकार तामाङले आफ्नै लेखन तथा पटकथामा ‘मायासे लासी- २’ निर्माण गरेका छन् । तामाङले ‘मायासे लासी- ३’को निर्देशक पनि गरेका छन् ।

चलचित्रका र धेरै नेपाली गीत लेखिसकेका मोक्तान रोशी गाउँपालिका काभ्रेका अध्यक्ष हुन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार