बार्सिलोनामा भव्य रूपमा तिज मनाईयो, नेपाली चेलीहरु छमछमी नाचे !

भोला लामिछाने , बार्सिलोना।

नेपाली महिला दिदीबहिनीहरूको हरितालिका तिज पर्व बार्सिलोनामा पनी भव्य रूपमा मनाईएको छ । प्रवासी नेपाली एकता मंच स्पेनको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

बार्सिलोनामा हरेक वर्ष प्रवासी नेपाली मंच स्पेनले मनाउदै आएको तिज धमाका कार्यक्रम यसपाली तत्कालीन नेपाली जन प्रगतिशील मंच स्पेन र प्रवासी नेपाली मंच स्पेन मेलमिलाप भएर प्रवासी नेपाली एकता मंच स्पेन ले कार्यक्रम सम्पन्न गरे ।

एन आर एन स्पेन आई सी सी सदस्य शितल भुर्तेल भुषाल प्रमुख अथीती भएको कार्यक्रमको संचालन महासचीव अशोक किरण न्यौपानेले गरेका थिए भने एकता मंचका संयोजक हेम शेर्पाले अध्यक्षता गरेका थिए । स्पेन स्थित संघ संस्थाहरूका प्रतिनिधी लगायत दिदीबहिनीहरूको बाक्लो उपस्थीती रहेको थियो कार्यक्रममा केही अथीतीहरूले मात्र तिजको शुभकामना मंचबाट दिन बोलाईएको थियो । म्याड्डीडबाट निवर्तमान अध्यक्ष उत्रर राई पनी अथीतीको आसनबाट बोल्दै सबैलाई आफ्नो परिचय सहीत शुभकामना दिए ।

४ बजे भनीएको कार्यक्रम दर खादै गर्दा ७ बजे पछी संचालन गरिएको थियो । स्पेनमा रहेका कलाकार दिदीबहिनी हरूको नृत्य सहीतको कार्यक्रममा यूरोप भ्रमण को क्रमना नेपालबाट आएका लोक दोहोरी गायक तारापती सुवेदी र गायीका लक्ष्मी नेपाली समेत उपस्थीत भै सबै दिदीबहीनी दाजुभाईहरूलाई भरपुर मनोरंजन दिन सफल भए । लक्ष्मी नेपाली स्टेजमा आफ्नो तिजका गाना सहीत नृत्य गर्दा सबै दिदीबहिनीहरू पनी सगै नाचे ।

स्पेनमा हुने धेरै कार्यक्रमहरूमा हल भरिएको प्राय देख्न पाईदैन तर तिजको कार्यक्रम भने प्राय भिडभाड नै हुने गरेको छ । समग्रमा भाषण छोट्याईएको कार्यक्रम मनोरन्जनमा नै दिदीबिहीनीहरू बढी रमाए आपसमा दुख सुख साटेर गाउदै नाचे । प्रवासमा नेपाली दिदीबहिनीहरूको एक आपसमा परिचय र घुलमिल हुन पनी तिजको कार्यक्रम सफ़ल भएको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार