स्पेनबाट नमूना बस्ती लाप्राक पुगेका सुनील रानाभाटले दिए आईसीसी मा उम्मेदवारी !

भोला लामिछाने, स्पेन।

एन आर एन को लाप्राक नमुना वस्ती पुगेर सहयोग गरेका स्पेन बार्सीलोना निवासी सुनील रानाभाट ले आगामी छैठौ अधीवेशनमा आई सी सी पदमा उम्मेद्वारी दिएका छन् ।

उनले एन आर एन ए स्पेनको कार्यसमितिमा आवद्द हुनु अघी विभिन्न संघ संस्थाहरूमा रही काम गरिसकेर अनुभव लिने मौका पाईसकेका थिए । स्याडंजा सहयोग समाज स्पेनको सचिव हुदै महासचिव समेत बनेर कार्यभार समालेका रानाभाट एन आर एन ए स्पेनको चौथौ अधिवेशनमा स्वतन्त्र रूपमा सचिव पदमा निर्वाचीत भै सफल रूपमा कार्यकाल सम्पन्न गरिसकेका छन् । पाचौ अधिवेशनबाट उपाध्यक्ष पदमा धेरै मत ल्याएर विजय भए । सचिव पद पछी उपाध्यक्ष रदमा रहदै गर्दा खेलकुद बिभाग संयोजकमा रहदै हरेक बर्ष एन आर एन ए स्पेनको आयोजनामा हुने शुभ दीपावली कप बिना घाटामा सफलतापूर्वक सु सम्पन्न एक मात्र कार्यक्रम रहेको थियो । आफ्नो कार्यकालमा खेलकुद सम्वन्धी हरेक क्रियाकलापमा सक्रिय रहेका रानाभाट यसका अलावा एन आर एन ले आयोजना गरेका हरेक सामाजिक क्रियाकलापमा सक्रिय रहे ।

आगामी अधिवेशनमा आई सी सी पदमा आफुले ज़िम्मेवारी समाल्ने अवसर मिलेमा एन आर एन स्पेनको आयोजनामा हुने शुभ दीपावली कपलाई यूरोप स्तरीय प्रतियोगिता गर्ने योजना रहेको बताएका छन् ।एन आर एन स्पेनमा यूवाहरूको सक्रिय सहभागिताको साथै स्पेनिस समुदायमा नेपाली समुदायको सहभागीताको निम्ती एन आर एन स्पेनले पहल गर्ने बताएका छन् । एन आर एन स्पेनलाई अझ बलियो र सबैको साझा संस्था बनाउन स्पेनमा रहेका क्षेत्रीय कमिटीहरूलाई समेटेर केन्द्रमा सम्मानजनक सकृय सहभागिता गराउन पहल गराउने समेत उनले बताएका छन् ।

एन आर एन ए स्पेनद्वारा धादिडं जिल्लाको निलकन्ठ नगरपालिका ११ सन्कोस भोर्लेमा निर्माण गरिएको २ कोठे पक्की भवन निरीक्षण तथा ( ग़रीब तथा जेहेन्दार बिधार्थीहरूलाई छात्रवृत्ती प्रदान गर्दै स्याडंजा जिल्ला पुतली बजार नगारपालीका नागडाँडामा रहेको श्री सरस्वती उच्च मावीमा फ़र्नीचर ,शैक्षीक सामाग्गी तथा जेहन्दार विधार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिसकेका रानाभाट आगामी दिनहरूमा संस्थाले गर्ने जुनसुकै कार्यक्रम हरूमा सक्रिय रूपमा सहयोगी बन्दै सक्रीय रूपमा लाग्ने प्रतीबद्दता गरेका छन् । आगामी कार्यकालमा अध्यक्षले अघी सारेका एजेण्डा हरूमा एकेवद्दता जनाउदै सहयोग गर्नेछु उनले थपे ।

रानाभाट एन आर एन द्वारा निर्माणाधीन नमुना वस्ती जुन गोर्खा जिल्लाको लाप्राकको गुम्सी पाखामा रहेको छ त्यहाँ पुगेर श्रमदान तथा अवलोकन गर्नै पहिलो व्याक्ती हुन् ।

अध्ययनका सिलसिलामा युरोप आएका रानाभाट बिगत १० वर्ष देखी बार्सिलोनामा बस्दै आई यहाँको नेपाली समुदायमा लोकप्रिय रहेका छन् । आगामी अधिवेशनबाट आई सी सी पदमा जित्ने उच्च मनोबल लिएका उनले स्पेनवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई अमुल्य मत दिई बिजयी गराउन हार्दिक अपिल गरेका छन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार