लिस्बनमा तीज कार्यक्रम सम्पन्न, चेलीहरु छमछमी नाँचे !

पुनम गौतम, पोर्चुगल।

हिन्दु नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको पुर्वसन्ध्यामा नेपाली नारी समाज पोर्तुगलले लिस्वनको मर्तिमुनिज पार्कमा भव्य कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा दरखाने दिनको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा कार्यतालिका अनुकुल मिलाएर रातो सारिमा बेहुली झैँ सजिएका दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाली नारी समाज पोर्चुगलले आयोजना गरेको तीज गीत नृत्य प्रतियोगिता एवं विशेष सांस्कृतिक कार्यक्रम २०१९ मा भाग लिनका लागि उत्तिकै उत्साह समेत देखिएको थियो । साना नानीहरु आफ्नो प्रतिभा देखाउन आतुर थिए भने उनीहरुले परदेशि भूमिमा आफुमा भएको प्रतिभा देखाउने राम्रो अवसर समेत पाएकोमा खुशी व्यक्त गरेका थिए ।

वर्षमा एकपटक मनाउने यस पर्वलाइ विशेषत दिदिबहिनीहरुले एक महिना अगाडी देखि नै मनाएता पनि विदेशी भुमिमा समायानुकुल नहुने र लिस्वनमा आइतबार धेरै नेपालीहरुको बिदा हुने भएकाले पनि तीज आयोजना गरिएको कार्यक्रमले नेपालीहरुलाइ स्वदेशको झल्को मेटाएको छ । स्थापनाकाल देखि नै नेपाली कला,संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै आईरहेको नारी समाज पोर्चुगलले नेपाली महत्वपूर्ण ठुला चाडपर्वहरुमा यसरी नै कार्यक्रम गर्दै आईरहेको छ ।तीज गितमा नाच्नको लागि बिहान काममा गएर आउने र ब्रेकमा आउनेहरुको पनि कमि भने देखिएन् ।

हरेक वर्ष तीज गीतमा नाच्नका लागि मात्र नभई समाजले नेपालमा परेका हर समस्यामा हातेमालो गर्ने गरेको छ । त्यस्तै यसवर्ष पनि कालिकोटमा निर्माणाधीन रास्कोट हस्पिटल सहयोगार्थ आर्थिक रकम संकलन गरेको छ । त्यसैगरी तिज गित नृत्य प्रतियोगितामा १० वर्ष मुनिको प्रतियोगितामा क्यारोन चौधरी प्रथम, सुरक्षा आलेमगर द्धितिय, त्यस्तैगरी प्रमिशा अधिकारी र सोनी रोका सामुहिक नृत्यमा प्रथम भएका थिए । यसैगरी १० वर्ष माथिको प्रतियोगितामा आर्जु मल्ल प्रथम र आयुष्मा मल्ल द्धितिय भएका थिए । उत्कृष्टहरुलाई क्रमशः पुरस्कार वितरण गरिएको थियो भने सहभागीहरुलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो । कोरियोग्राफर बिनोद मगर, कलाकार सन्जय लामा र समाजकी सीता बरालले प्रतियोगितामा निर्णायकको भूमिका खेलेका थिए।

पुरस्कृतहरुलाई नम्रता घिमिरे प्रोपराईटर रहनुभएकी नम व्युटिपार्लरले दुई हप्ते स्पेशल कोर्ष प्रदान गर्नेछ भने मेरो सारीकी प्रोपराईटर कल्पना कार्की,कान्छी सारीकी प्रोपराईटर लक्ष्मी परियार र स्मार्ट लुक्स एण्ड व्युटीकी प्रोपराईटर शान्ति भट्टराई र भ्वाईस अफ नेपाल टि.भी #VON TV ले पुरस्कार प्रायोजन गर्नुभएको थियो ।

यसैबिच नेपाली नारी समाज पोतुगलले आयोजना गरेको तीज गीत नृत्य प्रतियोगिता एवम् बृहत् सांस्कृतिक कार्यक्रमको औपचारिक कार्यक्रममा ८१ वर्षिय वुद्ध आमा देवकला सापकोटा प्रमुख अतिथि रहनुभएको थियो ।

त्यसैगरी पोर्चुगलका लागि पर्यटन दुत रमेशकुमार गुरुङ बिशिस्ट अतिथी, एनआरएनए पोर्चुगलका आइ सीसी सदस्य नारायणकाजी मगर र रबिन्द्र अधिकारी, एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरे, अबैतानिक बाणिज्य दुतका प्रतिनिधि मोहन थापा लगायत विभिन्न संघ सस्थाबाट उपस्थिती रहेको थियो ।

नेपाली नारी समाजकी अध्यक्ष जयकला राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएन पोर्तुगलको सातौ अधिबेशन बाट निर्वाचित कार्यसमिति लाई बधाई सहित स्वागत गरिएको थियो ।

कार्यक्रममा उपस्थित चेलीहरुलाई नेपाल सरकार लिसवनका लागि अबैतानिक दुत मकर बहादुर हमालद्धारा फलफुल प्रदान गरिएको थियो । त्यस्तै ठकुरी समाज, पोर्चुगलका अध्यक्ष दीपेन्द्र शाहीले पिउने पानी प्रदान गर्नुभएको थियो । तामाङ समाजकि अध्यक्ष सुनिता ब्लोन तामाङले कार्यक्रम स्थलमा दर खुवाउनु भएको थियो ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार