स्पेनका बामपन्थीहरूले मेलमिलाप गरे ( बिज्ञप्ती सहित् )

भोला लामिछाने, स्पेन।

नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता मञ्च स्पेनको संयोजकमा हेम शेर्पा चयन हुनुभएको छ ।

पूर्व एमाले र माओवादी केन्द्रबीच २०७४ जेठमा एकता घोषणा भए पनि स्पेनमा रहेको दुवै पार्टीसम्बद्ध भातृ संगठनले एकताको काम सकेका थिएनन् । दुवै पार्टीसम्बद्ध प्रवासी संगठनको एकतापछि बनेको संगठनको नाम प्रवासी नेपाली एकता मञ्च भएको छ ।

शेर्पा संयोजक रहेको प्रवासी नेपाली एकता मञ्चको सचिवमा अशोक किरण न्यौपाने हुनुहुन्छ । मञ्चको ३५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन भएको नेपाली जनप्रगतिशिल मञ्चका पुर्व युरोप महासचिव गंगा भुषालले जानकारी दिनुभयो ।

संयाेजकमा पूर्व एमाले र सचिवमा पूर्व माओवादी केन्द्रले भागबण्डा गरेकाे हाे । एकतापछि संयाेजक शेर्पाले प्रवासमा रहेका नेपालीको हितमा संस्थाले जिम्मेवार भएर काम गर्ने बताउनुभयो ।

पूर्व माओवादीसम्बद्ध नेपाली प्रगतिशील मञ्चका तत्कालीन अध्यक्ष अर्जुन आचार्यलाई युरोप कमिटिमा पठाउने सहमतिपछि मञ्चको संयोजकमा पूर्व एमालेका शेर्पालाई चयन गरिएको हो ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार