एन आर एन स्पेनको कोषाध्यक्षमा मेरो उम्मेदवारी किन ? : सन्त बहादुर क्षेत्री

भोला लामिछाने , बार्सिलोना|

विगत १६ वर्ष देखी स्पेनको बार्सिलोना निवासी समाजसेवी सन्त बहादुर क्षेत्री एन आर स्पेनको आगामी छैठौ अधीवेशन १९-२१ को लागी कोषाध्यक्ष पदमा उमेद्वारी दिएका छन् । क्षेत्रीले स्पेनको बार्सिलोनाको रूबी मा रहेको रेविस्टा स्पेनिस कम्पनीमा २००६ देखी २००९ सम्म काम गर्ने अवैधानिक कामदार नेपालीहरूका लागी उक्त कम्पनी बन्द भएपछी अदालतमा केष फाईनल गरेर १११ जना कामदारको लागी १ लाख ६१ हजार ३ सय ५० यूरो उपलब्ध गराउन पहल गरेका थिए ।

म्याग्दीमा रहेको मेना को कार्यालयमा महिला तथा असहाय बालबालीकाहरूका लागी ४ लाख ३६ हजार रूपैया आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । नेपालमा भुकम्प पिडीतलाई ५०१ यूरो आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

चितवनमा क्यान्सर पिडित माया क्षेत्री १ लाख ४७ हजार सहयोग प्रदान गरेका थिए ।२ घन्टा भित्र न्यूज २४ को सिधा कुरा जनता कार्यक्रम मार्फ़त बाढी पिडीत सहयोगार्थ पत्रकार रवि लामीछाने लाई ७० हजार रूपैया रक़म हस्तान्तरण गर्न सफल भएका थिए ।म्याग्दीको भकीम्लीमा ३० कोठे पक्की बिधालय भवन निर्माण सहयोगार्थ १२ लाख ४६ हजार २ सय रूपैया सहयोग गर्न सफल स्पेनमा हुने बिभीन्न कार्यक्रमहरूमा सहयोगी बन्दै आएका छन् ।

तत्कालीन म्याग्दी समाज हाल मोनाको पुर्व अध्यक्ष नेपाली जनसम्पर्क समिती स्पेनका सल्लाहकार , नेपाली वेभ टिभी सन्चालक ,हाम्रो नेपाल हामी नेपाली नामक बार्सीलोनामा स्थापित सामाजिक संस्थाको अध्यक्ष , मोना स्पनेको हाल सल्लाहकार भै काम गरिसकेका छन् ।

प्रतिबद्धता र योजनाहरू:

* अग्रज तथा अभियन्ताहरूको शिरोपर गर्दै एन आर एन विधानमा रहेर एन आर एन स्पेनलाई स्पेनभरी छरिएर रहेका नेपालीहरू माझ पुर्याई संस्थामा आवद्द गराउन विभिन्न कार्यक्रमहरू गर्दै अभिप्रेरीत गर्नै छु ।

* एन आर एन ए स्पेनको कोषको पारदर्शिता गर्दै बढाउदै लगीने छ । प्रत्येक महिनाकोएक पटक संस्थामा रहेको कोषको अवस्था बारे स्पेनवासी नेपालीहरूमाझ सार्वजनिक गर्दै जानकारी गरिने छ ।

* एन आर एन ए स्पेनको हाल भाडामा रहेको कार्यालयको मासिक खर्च पनी धेरै छ , स्पेन बासी नेपाली दाजुभाई दिदीबहिनीहरूको सहयोगमा यसलाई दीर्घकालीन हिसाबमा आउनै भवन बनाउन पहल गर्ने छौ ।

* स्पेनमा रहेका सबै नेपाली समुदाय सग सौहार्द क़ायम गर्दै भै परी आउने समस्याहरू को समाधानमा र सहयोगका लागी कोषबाट सहयोग गर्ने छौ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार