NRN स्पेनमा खडा भयो नेकपाको समावेशी प्यानल, को – को छन् उम्मेदवार ?

भोला लामिछाने, स्पेन |

एन आर एन स्पेनको आगामी कार्यकाल१९/२१ को छैठौ अधीवेशनको लागी आई सी सी , अध्यक्ष लगायत सबै पदहरूमा उमेद्ववारहरूको घोषणा गरिएको छ ।ने क पा को पार्टी कार्यालय ओला नेपालमा आयोजित भेलामा उक्त घोषणा सभा सम्पन्न भएको हो ।

आई सी सी मा सुनील रानाभाट अध्यक्षमा दिनेश गुरुङ (देउकाजी) ले उमेद्ववारी दिएका छन् । रानाभाट संघको लगातार सचिव उपाध्यक्ष भै सकेका छन् भने गुरूड पनी महासचीव पदमा काम गरिसकेका छन् ।

त्यस्तै उपाध्यक्ष (खुल्ला तर्फ) दिनेश कुमार गिरी र उत्तर राई,उपाध्यक्ष (क्षेत्र) तुलसी गुरुङ, महिला उपाध्यक्षमा लोक तथा दोहोरी गायिका सुमी घिमिरे सापकोटा , महासचिवमा उमाराज ढकाल(राज),सचिवमा धुर्ब्र भट्ट र भुवन कटुवाल,कोषाध्क्षमा गोबिन्द राज तिमिल्सिना,सह- कोषाध्क्षमा शान्ता राणाले उम्मेदवारी दिने घोषणा गरेका छन्।
कार्यसमिति सदस्यका लागि तारानाथ अधिकारी, भुपेन्द्र कुमार श्रेष्ठ,आङ् लाक्पा शेर्पा,पान बहादुर तामाङ् र सोम प्रसाद गुरुङले उम्मेदवारी दिने भएका छन्। भने युवा संयोजकका उम्मेदवार शुरेश शर्मा र महिला संयोजक मौसमी गुरुङ (समी) रहेका छन् ।

नेपालमा तत्कालीन माओवादी र एमाले पार्टी एकजुट भएर नेकपा बने सगै प्रवास मा पनी एक भएको पार्टीमा अझै पनी एक अर्काबिच कार्यकर्ताहरूबिच तिक्तता रहेको पाईने गरेको छ। समावेशी भनीएको प्यानलमा महासचीव पदका उमेद्ववार राज ढकालले आफ्नो उमेद्वारी समावेशी स्वतन्त्र भनेर उल्लेख गरेका छन् भने नेपाल लोक दोहोरी प्रतिष्ठान यूरोप शाखा नि वर्तमान अध्यक्ष सुमी घिमीरे सापकोटाले उपाध्यक्ष पदमा मेरो उम्द्ववारी स्वतन्त्र हो कसरी घोषणा गरिएको भनी प्रश्न गरिन्। अर्का उपाध्यक्ष पदका उम्द्ववार दिनेश कुमार गिरीले आफु पुर्ण रूपमा स्वतन्त्र उमेद्वार हु भनेर घोषणा सभामा उपस्थित भएनन् तथापी जो केही प्यानलका साथीहरूले आफ्नो प्यानलमा नाम राख्न चाहेमा आपत्ती भने नरहने बताए ।

यो समावेशी भनेको के हो भनेर कतीपय उमेद्वारहरूलाई सोध्दा यो अधीवेशन (चुनाव) को लागी सबैलाई समावेश गर्दै सबै क्षेत्रबाट प्रतिनिधित्व होस् र सबैलाई समेट्नको लागी साथीहरूले स्वत स्फूर्त रूपमा बनाएको समुह हो भनेर वताएका छन् ।

समावेशी प्यानलबाट आगामी २ वर्ष गरिने कार्य योजना र प्रतीवद्दताहरू मा संघको कार्यालय व्यवस्थापन साथै नेपाली पाठशालालाई थप व्यवस्थापन , नेपाल भ्रमण वर्ष २०२० सफल बनाउने, स्पेन सरकारसग सम्पर्क गरी नेपालीहरूको सम्वन्ध विस्तार र सहयोग गर्ने, स्पेनको बार्सिलोना केन्द्रित एन आर एन लाई स्पेनको सबै शहर (क्षेत्रहरू) मा पनी समान प्रतिनिधित्व गर्ने गराउने गरे विधान पनी बनाउने , नेपाली दुताबाससग सम्पर्क गरी नेपाल टूरिज़म प्रमोशन डे मनाउने , युवाहरूलाई समेटेर खेलकुदका कार्यक्रमहरू ल्याउने , स्पेनमा रहेका कलाकार हरू सम्मिलित बिभीन्न सास्कृतीक कार्यक्रमहरू हरू गर्ने गराउने पत्रकार सबै सग सहकार्य गरेर सम्बन्ध बिस्तार गर्ने , नेपालीहरूलाई शिपमुलक कार्यक्रम हरू ल्याउने ,स्पेनमा रहेका सबै संघ संस्थाहरू हरू सग भाईचाराको सम्बन्ध स्थापना गर्दै सबैको साझा संस्था को नमुनाको रूपमा एन आर एन लाई बनाउने , बार्षीक कार्यतातीका क्यालेन्डर बनाउने, एन आर एन स्पेनको बहुउद्देशीय अक्षयकोष बनाउने , दिल्ली दुतावासमा देखीएका समस्याहरूमा समाधानको पहल गर्ने लगायतका छन् ।

साथै एन आर एन मा सदस्य बनाउन अनलाईन सिस्टमलाई कतीपयले झन्झटीलो महशुश गरेको बताएका पनी छन् भने यस सिस्टम ले घरमै बसेर सदस्यता लिन सकीने सबैको लागी पौचमा रहने झन सजीलो छ फ़र्म भोर्दा केही समस्या परे भने हामी सग सम्पर्क गर्न अध्यक्ष चिन्तामणि सापकोटाले बताएका छन् यसको लागी निर्वाचन समिती पनी रातदीन खटीएको समेत बताए ।साथै सदस्यता बिभीन्न प्रकारका छन् पंजीकृत सदस्य लगायतका छन् , तपाईहरूले फारम भनेपछी पास्पोर्ट को कपी पनी दिनुहोला उनले थपे । अहीले सदस्य शुल्क १० यूरो रहेको छ ।

यसैगरी नेपाली जनसम्पर्क समिती स्पेनमा आवद्द पदाधीकारीहरूलाई तपाईहरूको संस्थाको संभावीत उमेद्वारहरू को को हुन् प्यानलको बारेमा घोषणा गर्न तयारी के छ भन्ने प्रश्नमा बैठक बसिरहेको र सकभर छिट्टै सार्वजनिक गर्ने तयारीमा रहेका बताएका छन् । स्पेनमा रहेका केही संस्थाका प्रतिनीधीहरूलाई सम्पर्क गर्दा समाजसेवा गर्ने हो एन आर एन मै जानै पर्छ भन्ने केही छैन भनेर समेत बताएका छन् । यसबाट एन आर एन संस्थाको लोकप्रियता पहिला भन्दा धेरै घटेको बुझीन्छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार