उत्तरी पोर्चुगलमा तीजको रौनक

सुरेश जोशी, पोर्चुगल।

नेपालीहरुको उल्लेख्य बसोबास भएको पोर्चुगलको उत्तरी क्षेत्र मारिना दास ओन्दासमा आज हरितालिका तीजको अवसर पारेर दर खाने कार्यक्रम र तीज कार्यक्रम सम्पन्न भएको छ।

मारिना दास ओन्दासमा भएको उक्त कार्यक्रममा नेपाली खाना ,नेपाली पहिरन अनि नेपाली गीत संगीतले विदेशीहरुको समेत ध्यान खिचेको थियो। करीब ५ घण्टा चलेको नाचगान र खानपान कार्यक्रम स्व -स्फुर्त रुपले सहयोग संकलन गरी गत बर्ष जस्तै यसबर्ष पनि निरन्तर गर्ने सोच राखेर कार्यक्रम राखिएको जानकरी त्यस क्षेत्रका सामाजिक अगुवा खेम हमालले जानकारी दिए।

पोर्चुगलका उत्तरी क्षेत्रमा बस्ने नेपालीहरुबिच आपसी भेटघाट, परिचय र सुमधुर सम्बन्ध स्थापनाका लागि यस्ता खाले कार्यक्रम गरिनु पर्ने कुरामा जोड दिदै भोईस अफ नेपाल टि भी www.voiceofnepl.tv का तर्फबाट सम्पादक सुरेश जोशीले कार्यक्रमको सफलता र निरन्तरताको शुभकामना दिएका थिए।

कार्यक्रमका तस्बीरहरु :

 

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार