युइएफए वर्ष खेलाडीकाे घाेषणा आज, मेस्सी, राेनाल्डाे र भान डाइकमध्ये कसले मार्ला बाजी ?

काठामडाैँ ।

यूईएफए वर्षको पुरुष खेलाडीको घोषणा आज (बिहीबार) राति हुँदैछ ।

यस पटक युरोपको उत्कृष्ट फुटबलर बन्ने होडमा तीन जना खेलाडी छन् । बार्सिलोनाका लियानल मेस्सी र युभेन्टसका क्रिष्टियानो रोनाल्डो पुरानै अनुहार हुन् ।

गोल गर्ने खेलाडीहरुको सूचिमा यो पटक गोल बचाउने खेलाडीको नाम समावेश भएको छ । अर्थात् लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकले अन्तिम तीनमा स्थान बनाउन सफल भएका छन् ।

यो अवार्डमा मेस्सी र रोनाल्डोको अधिपत्यलाई तोड्दै गएको वर्ष लुका मोड्रिच युरोपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

अघिल्लो वर्षकै जस्तो नतिजा दोर्होयाउन अर्थात मेस्सी र रोनाल्डोको अधिपत्य तोड्न सक्नेमा डच डिफेन्डर भान डाइक आशावादी छन् ।

पछिल्लो एक दशकजस्तै मेस्सी र रोनाल्डो यो अवार्डका दाबेदार रहँदै आएका छन् । विश्व फुटबल जगत नै यी दुई खेलाडीमा वर्गीकरण भएको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार