माता बंगलामुखिले सबैको कल्याण गरुन,भाद्र १२ गते बिहीबार\अगस्ट २९ तारिखको राशिफल

वि.सं. २०७६ भाद्र १२ गते बिहीबार तदनुसार ई. सं. २०१९ अगस्ट २९ तारिख, भाद्रपद कृष्ण (गुँलागा) चतुर्दशी, जुग चह्रे पूजा, अश्लेषा नक्षत्र, कर्कट राशिको चन्द्रमा, परिघ योग, विष्टि (भद्रा) र शकुनि करण, आजको चाडपर्व र उत्सव : नेवारी पर्व जुग चह्रे पूजा, भोलिको चाडपर्व र उत्सव : दर्श श्राद्ध, कुसे औंसी, गोकर्ण स्नान, मन्वादि, बाबुको मुख हेर्ने दिन, हलो तथा निशि बार्ने दिन, युवाकवि मोतीराम भट्ट जयन्ती

आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो ०१:४० देखि ०३:१६ सम्म, यमघण्ट : बिहान ०५:४० देखि ०७:१६ सम्म, गुलिक काल : बिहान ०८:५२ देखि १०:२८ सम्म, काल वारवेला : दिउँसो ०३:१६ देखि ०४:५२ सम्म, रोग वारवेला : बिहान ०७:१६ देखि ०८:५२ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : साँझ ०४:५२ देखि ०७:५२ सम्म, लाभ वारवेला : दिउँसो १२:०४ देखि ०१:४० सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा महिलाको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
चौथो चन्द्रमाको प्रभावले आज कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाउन सकिने छ । घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । वैदेशिक रोजगारी गर्नेेहरूले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । मातापितासँगको सम्बन्धमा समेत निराशा भाव आउनसक्छ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने छ, तर पाचनप्रणालीमा समस्या देखिनसक्छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना समेत छ । खर्च बृद्धिको योग छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
समाजमा सम्मानित र चर्चित व्यक्तिहरूको साथ सहयोग प्राप्त हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । आम्दानीमा कमी आउने छैन । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
राम्रो/नराम्रो दुबै खालका परिणाम प्राप्त हुनेछ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका सानातिना फुटकर कामका लागि राम्रो समय छ, तर दूरगामी प्रभावको आर्थिक प्रयोजनका लागि अहिलेको समय सकारात्मक देखिंदैन । दैनिक आम्दानीका मार्गमा बृद्धि हुनेछ, तर मानप्रतिष्ठा र ख्यातिमा आँच आउने सम्भावना छ । घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ, तर समय निकाल्न धौधौ हुनेछ । नातागोताको काममा संलग्न हुनुपर्ने छ, तर सरसहयोग गरे पनि असन्तुष्टि बढ्न सक्छ । व्यवसायीका लागि केही हदमा राम्रो छ । सामाजिक काममा जस र सम्मान पाउन कडा सङ्घर्ष गर्नुपर्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुनसक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
द्वादश भावमा चन्द्रमा छ, आज भनेजस्तो सफलता प्राप्त नहुनसक्छ । नचाहेको क्षेत्रमा अनायासै खर्च बृद्धि हुने सम्भावना देखिन्छ । नकारात्मक र निराशाजनक भावनाले दुखित भइने छ । चिन्ता, शंका र छट्पटीले मानसिक तनाव हुनसक्छ । अशुभ समाचार सुन्नु पर्ने हुन्छ । नयाँ कामका निम्ति शरीरमा उत्साह आउने छैन, निर्णय क्षमतामा कमी भएको अनुभूति हुनेछ, मनमा दोधारको अवस्था सिर्जना हुनेछ । सामाजिक काममा मन जाने छैन । बन्दव्यापारका लागि समय दिन सकिंदैन । रातीअबेर तपाईंको आफ्नै घरमा चन्द्रमा आउने भएकाले केही अधुरा काम बन्न सक्छन् । स्वास्थ्यमा सुधार आउने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक/सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । विश्वासको वातावरण बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज कर्मसिद्धिको समय आएको छ । समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइसित भेटघाट हुने योग छ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । मातापिता र अभिभावकको आशीर्वादले काम गर्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
संयमताका साथमा समय यापन गर्नु श्रेयस्कर हुनेछ, आजको दिन भाग्यमा रहेको चन्द्रमा कमजोर छ । अर्काको भर पर्नुभन्दा पनि आफ्नै प्रयासमा गरिएका कामले फाइदा हुनेछ । धार्मिक, सामाजिक र पारमार्थिक काममा खट्नु पर्नेछ, तर विवादबाट टाढा रहनु होला । साँझपख शुभ समाचार आउन सक्छ । घरपरिवारबाट टाढा बस्नेहरूमा आज अचानक वैराग्यको भावना पलाउन सक्छ । व्यापार गर्नेले गलत निर्णय गर्ने सम्भावना छ, विशेष गरी लगानीका क्रममा जान्नेबुझ्ने र अनुभवीको राय लिनु राम्रो हुन्छ । भाग्यको चन्द्रमाको प्रभावले मन दार्शनिक विषयवस्तुमा केन्द्रित हुनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आयुक्षेत्रमा चन्द्रमा भएकाले मन डराउन सक्छ, तर समस्यादेखि नभाग्नु होला, सफलता तपाईंको मुट्ठीमा छ, नत्र पछुतो हुनसक्छ । तपाईंको राशिमा शुभग्रहको बल प्राप्त भएकाले धन, धर्म र भाग्यबलमा अभिबृद्धि हुनेछ । स्वास्थ्य पक्षमा देखिएको कमजोरी हट्दै जानेछ । झिनामसिना र सानातिना घरायसी कामहरूमा समय व्यतीत हुनेछ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ, तर बाटो काट्दा वा गाडी हाँक्दा लापरबाही नगर्नु होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि राम्रो दिन छ । प्रेममा सफलता प्राप्त हुनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुनसक्छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ । घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ । आम्दानीमा कमी हुने छैन । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुनेछ । घरायसी र प्रेमसम्बन्धमा देखिएका तनाव र समस्याको अन्त्य हुुने सङ्केत छ, जीवनसाथी र प्रेयसीसितको दूरीमा क्रमशः कमी आउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । आजको चिन्तन र उपायले काम गर्नसक्छ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ, रोकिएका काम बन्ने योग छ । पठनपाठनमा प्रगति हुनेछ । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । प्रेम र प्रणयतर्फ आकर्षण हुनसक्छ । प्रतियोगिता र प्रतिस्पर्धामा विजय मिल्नेछ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार