बस पल्टिँदा ७ को मृत्यु, ११ घाइते

एजेन्सी ।

चीनको दक्षिण भागमा पर्ने ग्वानझाउ प्रान्तको एक राजमार्गमा बस पल्टिँदा सात सर्वसाधारणको मृत्यु भएको छ ।

यस दुर्घटनामा परी ११ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयानुसार सोमबार मध्यरातमा उक्त दुर्घटना भएको थियो ।

यस बसमा ४७ जना सवार रहेका थिए । छ जनाको घटनास्थलमा नै मृत्युु भएको अन्य एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका अन्य ११ जनाको अवस्था सामान्य रहेको छ । दुर्घटना हुनुको कारण भने थाहा भएको छैन ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार