पोर्तुगलमा परियार महिला समाज गठन ,अध्यक्षमा लक्ष्मी परियार निर्बाचित !

-पुनम गौतम

लिस्वन, पोर्तुगल
शनिबार लिस्बनमा सम्पन्न परियार महिला हरुको सर्बसम्मतिमा लक्ष्मी परियारको अध्यक्षतामा परियार महिला समाज गठन गरेको छ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदैं गर्दा स्वदेश तथा विदेशमा दैनिक जसो कार्यक्रमहरु हुने गरेका छन्। नेपाली संस्कृतिको संरक्षण र सम्बद्धनमा टेवा पुर्याउने उद्देश्य सहित नेपाली नारीहरू ले विदेशमा पनि समयानुकुल तीज कार्यक्रमहरु गरिरहेका छन् । सोहि अवसरमा परियार महिला समाज पोर्तुगलले तीजको अवसरमा शनिवार दरखाने कार्यक्रम सम्पन्न गरेको छ। लिस्वन स्थित साल्दानामा गरेको कार्यक्रममा विभिन्न संघसंस्थाबाट महिला दिदीबहिनीहरुको उपस्थिति रहेको थियो । परियार समुदायका महिलाहरु अझैं पनि खुलेर अगाडी नआएकाले यस्ता खालका कार्यक्रमहरु ले उनीहमा मनोबल बढ्ने हुनाले कार्यक्रमको आयोजना गरेको समाजकी अध्यक्ष लक्ष्मी बर्देवा परियारले जानकारी दिएकी छन् ।

नेपाली नारी समाज पोर्तुगलकि अध्यक्ष जयकला राई प्रमुख अतिथि भएको कार्यक्रममा कार्यसमितिको समेत घोषणा गरिएको थियो । जसको अध्यक्षमा लक्ष्मी परियार, अञ्जु परियार उपाध्यक्ष, स्नेहा नेपाली सचिव, त्यस्तै सहसचिवमा ईन्द्र परियार र कोषाध्यक्षमा अञ्जु परियार त्यस्तै कार्यसमिति सदस्यहरुमा मिना परियार , सिता परियार, शर्मिला नेपाली र माया बर्देवा चयन भएका छन् भने कमला परियार, रुपा बर्देवा सल्लाहकारमा निर्वाचित भएका छन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार