शुशी तालिमको पैसा समाजकै अध्यक्षले झ्वाम पारे, कार्यसमितिद्वारा अध्यक्ष देबभक्त श्रेष्ठ बर्खास्त

लिस्बन ।

तनहु समाज पोर्चुगलका अध्यक्ष देबभक्त श्रेष्ठले आफ्नै समाजले सुशी तालिमबाट संकलित रकम झ्वाम पारेका छन्। समाजले हिसाब मिलान र रकम बुझाउन बारम्बार अनुरोध गर्दा उल्टै कार्यसमितिका सदस्यहरुमाथि गालीगलौच र अभद्र व्यवहार गरेका छन्।

सन् २०१८ मा स्थापित तनहु समाज पोर्चुगल सामाजिक कार्यमा सक्रिय हुदै आईरहेको छ। काम र अवसरको खोजीमा पोर्चुगल आएका नवआगन्तुक नेपालीहरुलाई रोजगारमा सहयोग होस् भन्ने हेतुले समाजले पोर्चुगल १६ मे का दिन एक महिने सुशी तालिक सम्पन्न गरेको थियो। सुशी तालिममा संकलित भएको रकम अध्यक्षले हिनामिना गरेपछि बारम्बार आर्थिक बिवरण पेश गर्न अनुरोध गर्दा उल्टै समाजका कोषाध्यक्ष नन्दलाल श्रेष्ठ र कार्यसमितिका सदस्यहरुलाई गालीगलौच र अभद्र व्यवहार गरेका छन्।

अध्यक्ष श्रेष्ठले समाजको साख गिराउने कार्य गरेको भन्दै उनलाई अध्यक्ष पदबाट २२ अगस्तबाट नै लागु हुनेगरी बर्खास्त गरेको छ। समाजका महासचिव अमृत पौडेलद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा अब उप्रान्त पोर्चुगलमा हुने कुनै पनि कार्यक्रममा अध्यक्ष पदबाट बर्खास्त गरिएका श्रेष्ठलाई प्रतिनिधित्व नगराउन अनुरोध गर्दै समाजका नाममा उनले गरेको क्रियाकलापमा तनहु समाज पोर्चुगल जवाफदेही नहुने जनाएका छन्।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार