अध्यक्षका आकांक्षी गैह्रेले एकल भोट मागेपछि कांग्रेसभित्र खैलाबैला, अन्तरघातको प्यापक तयारी, उम्मेदवारविच मनमुटाब

लिस्बन, पोर्चुगल।

गैह्र आवसिय नेपाली संघ पोर्चुगलको पूर्वसन्ध्यामा नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समितिको प्यानलबाट अध्यक्षका आकांक्षी तिलक गैह्रेले आफ्नो कार्यक्षेत्र अलन्तेजु र अल्गार्भमा प्यानललाई पाखा लगाई आफ्नो लागि मात्रै एकल भोट मागेपछि कांग्रेसभित्र खैलाबैला मच्चिएको छ।

एउटै प्यानलबाट आएका समुहलाई पाखा लगाई आफ्नो लागि मात्रै एकल भोट मागेपछि कांग्रेसभित्रै र उम्मेदवारहरुका बिच मनमुटाब र गैह्रेसंग कयौ उम्मेदवारहरुको चर्काचर्की भएको छ। यसले कांग्रेसभित्र अन्तरघातको ठुलो तयारी भएको छ। उपाध्यक्ष पदमा आफ्ना उम्मेदवार कमजोर भएपछि कांग्रेस निकट जनसम्पर्कले भित्रभित्रै उपाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार संचारकर्मी गणेश पाण्डेयलाई मतदान गर्ने सेटिंग मिलाएको तथ्य बाहिर आएको छ।

अध्यक्ष पदका उम्मेदवार गैह्रेले आफ्नो स्वार्थ मात्रै हेरेपछि र उपाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार पाण्डेयलाई भित्रभित्रै भोट हाल्ने तयारी भएको तथ्य बाहिर आएपछि अहिले कांग्रेसभित्र निकै ठुलो द्वन्द र मनमुटाबको स्थिति सिर्जना भएको छ। स्वतन्त्र उम्मेदवार पाण्डेयप्रति जनलहर बढ्दैगर्दा र कांग्रेसभित्र अन्तरघातको ठुलो चलखेलको कारण उनको जित लगभग सुनिस्चित भएको छ। अहिले अध्यक्ष पदका उम्मेदवार गैह्रेलाई आफ्नो प्यानल मिलाएर लैजान हम्मेहम्मे परेको छ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार