उपाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार गणेश पाण्डेयको पक्षमा बढ्यो जनलहर, नेपाली नारी समाज पोर्चुगलले गर्यो समर्थन !

लिस्बन, पोर्चुगल।

गैह्र आवासिय नेपाली संघ पोर्चुगलको २०१९-२१ कार्यकालका लागि भोलि २५ अगस्तमा हुन गईरहेको निर्वाचनमा दुई ठुला राजनीतिक शक्तिका बिचमा रहेका एक्ला स्वतन्त्र उम्मेदवार गणेश पाण्डेयलाई नेपाली नारी समाज पोर्तुगलले समर्थन गरेको छ।

संचारकर्मी पाण्डेयले संघको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। परिवर्तन , पारदर्शिता, समानता, जवाफदेहिता र स्वतन्त्रताको नारा लिएर संघको निर्वाचनमा उम्मेदवारी दिएका पाण्डेय संस्थागत सुदृढता नै पहिलो प्राथमिकता रहेको बताउछन। संघप्रति आम सर्वसाधारणले अपनत्वको भावना हुन नसकेको अवस्थामा “मेरो एनआरएन” होइन, “हाम्रो एनआरएन ” नै आजको आवाश्यकता रहेको उपाध्यक्ष पदका उम्मेदवार पाण्डेयले बताएका छन् ।

नारी समाजले संचारकर्मी पाण्डेयसँग उनको उम्मेदवारी र एजेण्डाका बारेमा एक अन्तरक्रिया गरेको छ। नारी समाजका प्रतिनिधिहरुद्वारा सोधिएका प्रश्नहरुको जवाफ उपाध्यक्ष पदका उम्मेदवार पाण्डेयले दिएका थिए। अन्तरक्रियापछि नारी समाजले उपाध्यक्ष पदका र एनआरएनए पोर्चुगलको निर्वाचनका एक मात्र स्वतन्त्र उम्मेदवार पाण्डेयलाई पूर्ण समर्थन गरेको छ।

उपाध्यक्ष पदमा २ पदका लागि ४ जनाले प्रतिस्पर्धा गर्दैछन। प्रगतिशील समावेशी समुहका अशोक गुरुङ र पेम्छिरी शेर्पा त्यस्तै, लोकतान्त्रिक समूहबाट अशोक गुरुङ र मक्षेन्द्र अर्याल प्रतिस्पर्धा गर्दैछन् ।

उपाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार संचारकर्मी गणेश पाण्डेयका चुनावी एजेण्डा यस्ता छन् !

ठुला ठुला आश्वासन होइन, संस्थागत सुदृढता नै पहिलो प्राथमिकता !
“मेरो एनआरएन” होइन, “हाम्रो एनआरएन ” नै आजको आवाश्यकता !!

गैह्र आवासिय नेपाली संघ पोर्चुगलको २०१९-२१ कार्यसमिति निर्वाचनमा उपाध्यक्ष लागि मेरो स्वतन्त्र उम्मेदवारी मात्र यी पाँच एजेण्डाका लागि :

१. परिवर्तन (Change ) :

नेतृत्वमा परिवर्तनले मात्रै सुदृढ र सबल संघको निर्माण सम्भव छ। जब हामी “हाम्रो एनआरएन” चाहन्छौ , राजनीतिक पार्टीको झण्डा बोकेर संघको ठेक्का लिने ठेकेदारहरुबाट नेतृत्व परिवर्तनको शुरुवात गर्न जरुरी छ।

२. पारदर्शिता ( Transparency ) :

संघको हरेक गतिबिधि पारदर्शी गरिनेछ। व्यक्तिगत र संस्थागत गोपनियता र कानुनले बाधिएका कुराहरु बाहेकको संस्थाका हरेक गतिबिधि र क्रियाकलाप पारदर्शी गर्ने प्रतिबद्धता जाहेर गर्दछु।

३. समानता ( Equality ) :

संघमाथि हामी सबैले सधै आरोप लगाउदै आएका छौ कि संघ ” हाम्रो एनआरएन” भएन। राजनीतिक पार्टीको झण्डा बोकेका व्यक्तिहरु मात्रै संघभित्र छिर्न सक्ने अवस्थाको सिर्जना भएको छ। हरेक नेपालीले संघलाई ” हाम्रो एनआरएन ” वा समानताको अनुभूति तब मात्रै अनुभव गर्न पाउनेछन् , जब राजनीतिक रुपले स्वतन्त्र व्यक्तिहरु पनि संघभित्र छिर्न पाउने वातावरण सिर्जना हुनेछ। म प्रण गर्दछु, कुनै पनि आग्रह , पूर्वाग्रहबिना हरेक सदस्यलाई समानताले ध्ययले हेरिनेछ।

४. जवाफदेहिता ( Accountability ) :

संघ जहिलेपनि आफ्ना सदस्यहरु र आम सर्वसाधारणप्रति जवाफदेही हुनुपर्छ। तर, पोर्चुगलको हकमा संघ र यसको नेतृत्व सधै राजनीतिक पार्टीहरु आफ्ना कार्यकर्ताप्रति मात्रै वा बढी जवाफदेही रहेको देखिएको छ। संस्थाका आम सदस्यहरु र सर्वसाधारणलाई पुरै उपेक्षित गरिएको छ। पिडित र शोषितहरुलाई पुरै बेवास्ता गरिएको छ। मेरो हरदम प्रयास आम नेपाली र श्रमिक बर्गहरुका चासो, गुनासो र प्रश्नहरुको सम्बोधन गर्ने र आम नेपाली र श्रमिक नेपाली वर्गप्रति जवाफदेही रहने हुनेछ।

५. स्वतन्त्रता ( Freedom ) :

जबसम्म स्वतन्त्र व्यक्ति संघको नेतृत्वमा पुग्न सक्दैन, संघ कहिल्यै पनि स्वतन्त्र हुन सक्दैन। कुनै राजनीतिक पार्टीको झण्डा र झोला बोकेर संघभित्र छिरेको ब्यक्ति त्यही राजनीतिक पार्टीका झोले र धुपौरेहरुप्रति उत्तरदायी हुन्छ, आम मान्छे र श्रमिकहरुप्रति कहिल्यै उत्तरदायी हुन सक्दैन। स्वतन्त्र र निष्पक्ष व्यक्तिहरुबाट मात्रै स्वतन्त्र निर्णयको आशा गर्न सकिन्छ। व्यक्तिको र संस्थागत स्वतन्त्रता नै सर्वोपरी हुन्छ।

मतदानको निर्णयको पूर्ण अधिकार मतदातामा छ । आबेशमा र बहकावमा हालेको मतले क्षणिक परिणाम राम्रो लाग्ला तर दिर्घकालिन असर भोग्ने तपाई हामीले नै हो। निर्वाचनमा सहभागी हुनुहोस् , आफ्नो स्वबिबेक प्रयोग गर्नुहोस् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार