सेप्टेम्बर १ मा नारी समाज पोर्तुगलले मार्टिममुनिज खुल्ला पार्कमा तीज गीत नृत्य प्रतियोगिता कार्यक्रम गर्ने

-पुनम गौतम
नेपाली नारी समाज पोर्तुगलले तीजको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ ।नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज गीत नृत्य प्रतियोगिता गर्ने भएको छ ।


तस्बिर:फोटोदृष्टि बाट(२०१८ हरितालिका तीज मर्तिमुनिज खुल्ला पार्क नेपाली नारी सामाज पोर्तुगल )

नेपाली रितिरिवाज र सस्कृतीको संरक्षण र सम्बर्द्धन गर्दै आएको समाजले यस वर्ष बृहत र पृथक तरिकाले समाजमा प्रस्तुत हुने जनाएको छ । १ सेप्टेम्बर २०१९ आइतबारका दिन अर्थात् दरखाने दिनमा आयोजना हुन लागेको ” तीज विशेष सास्कृतिक कार्यक्रम ” लाई भब्य रुपमा सफल पार्न पोर्चुगल बासी सम्पुर्ण नेपालीहरुलाइ समाजले अनुरोध गरेको छ । नेपाली कला र सस्कृतीलाई संरक्षण गर्दै परदेशी भुमिमा प्रचारप्रसार गर्ने उद्देश्यले स्थापना काल देखि मार्तिमुनिज खुल्ला पार्कमा मनाउदै आएको “तीज विशेष सास्कृतिक कार्यक्रम “लाई रोचक, मनोरञ्जनात्मक बनाउदै दिदिबहिनीमा लुकेको प्रतिभालाई उजागर गराउने उद्देश्यले तीज गीत नृत्य प्रतियोगिताको आयोजना गरेको छ ।

कार्यक्रमलाई थप सफल र भव्य बनाउनका लागि अध्यक्ष जयकला राईको संयोजकत्वमा १२१ मुल आयोजक समिती र कार्य सम्पादन उपसमितिहरु समेत गठन गरिएको छ ।
व्यवस्थापन उपसमितिको संयोजकमा मिनामाया खरेल, स्वागत उपसमितिको संयोजकमा बिमला (विद्या) आचार्य, आर्थिक उपसमितिको संयोजकमा ज्योत्सना अधिकारी, साँस्कृतिक उपसमितिको संयोजकमा गीता रेउले र प्रचारप्रसार उपसमितिको संयोजकमा पुनम गौतम रहेको समाजले जानकारी दिएको छ ।सम्पुर्ण नेपालीहरुलाइ उपस्थितिको लागि अनुरोध गर्दै नेपाली नारी समाज पोर्तुगलले तिजलाइ तडकभडक नबनाउन र सुरक्षालाई मध्यनजर गर्दै गरगहना नलगाउन समेत आग्रह गरेको छ । प्रतियोगितामा १० बर्ष मुनिका र १० बर्ष माथिका गरि दुई ग्रुपमा बिभाजन गरि प्रतियोगिता गरिनेछ ।तीज गीत नृत्य प्रतियोगितामा प्रथम र दृतिय हुनेलाइ उचित पुरस्कारको समेत ब्यवस्था गरिएको समाजकी उपाध्यक्ष मिनामाया खरेलले जानकारी दिनुभयो ।प्रतियोगीहरुले यहि २७ अगस्ट मंगलबार बेलुका ६ बजे सम्म नाम टिपाउन समाजले अनुरोध गरेको छ ।निम्न ब्यक्तिहरु लाई सम्पर्क गरि नाम टिपाउन अनुरोध गरेको छ।
गीता रेउले -920308805
विद्या आचार्य (बिमला)- 920082238
मीनामाया खरेल- 920311480
माया घले – 920234863
गंगा सापकोटा – 920341810
कल्पना कार्की – 920369697
सम्झना अधिकारी -920127431
ड़ोंगा लामा-920429577

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार