लिस्बनको इन्तिदेन्त चोकमा एम्बुलेन्स र कार ठोक्कियो, ४ जना घाइते


लिस्बन।

राजधानी लिस्बनको इन्तिदेन्त चोकमा आज बेलुकी करिब ८:१० बजे एम्बुलेन्स र कार ठोक्किएको छ। आन्जोस तर्फबाट बिरामी बोकेर आएको एम्बुलेन्स कारसँग ठोक्किदा करिब ४ जना घाइते भएका छन्।

बिरामी बोकेर आएको 37 – SG – 41 नम्बरको एम्बुलेन्स 05 – JX – 66 नम्बरको कारसँग ठोक्किदा कारमा सवार चालक सहित यात्रु र एम्बुलेन्सका चालक समेत ४ जना घाइते भएको खबर छ। घाइतेहरुले अहिले घटनास्थलमा नै उद्धारमा आएको प्रहरी र एम्बुलेन्सको टोलीले उपचार गरिरहेको छ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार