रवि लामिछानेले पत्नी निकितालाई पठाए संदेश: ” आजबाट म प्रहरीसँग नै असुरक्षित भएको छु”

काठमाडौँ।

रवि लामिछानेले आज श्रीमती निकिता पौडेलबाट आफ्नो समर्थकहरुका लागि संदेश पठाएका छन् । हिजो सम्म आफु सुरक्षित रहेको बयान दिने रविले एक्कासि आज आफु प्रहरीबाट असुरक्षित रहेको र आफुलाई ५ वर्ष थुन्ने नियत देखिएको उल्लेख गर्दै आफ्ना समर्थकहरु संग साथ सहयोगको माग गरेका छन् । निकिताले फेसबुकमा स्ट्याटस लेख्दै रविको संदेश समर्थक बीच पुर्याएकी छिन । पढ्नुहोस रविको संदेश तल जस्ताको त्यस्तै:

“शालिक राम पुडासैनीको घटनाको बिषयमा मैले प्रहरीलाई अनुसन्धानमा सघाउ पुर्याउछु भनेको थिए र पाँचौ दिन सम्म हिरासतमा रहदा मैले मेरा तर्फबाट पूर्ण रुपमा प्रहरीलाई सहयोग गरे पनि ।

म, र मेरा सहकर्मी युवराज कडेल र यो घटनामा नाम जोडिएकी अस्मिता कार्की रुकुको बयान लिए पश्चात यो घटनामा हाम्रो कहि कतै संग्लनता नदेखिएको पोईन्ट वाईज स्पष्ट भईरहेको बेला फेरी पाँच दिनको म्याद थप्दै प्रहरीले चलाएको कदम हामीलाई फसाउँने गरी सुनियोजित र नियतपूर्ण रहेको स्पष्ट पार्न चाहन्छु ।

पाँचौ दिन सम्म मैले प्रहरीसँग आफू सुरक्षित रहेको महसुश गरेको थिए तर आजबाट भने म प्रहरीसँगै नै असुरक्षित भएको महसुश गरेको छु ।

ठुला ठुला आश्वासन होइन, संस्थागत सुदृढता नै पहिलो प्राथमिकता ! "मेरो एनआरएन" होइन, "हाम्रो एनआरएन " नै आजको आवाश्यकता !! गैह्र आवासिय नेपाली संघ पोर्चुगलको २०१९-२१ कार्यसमिति निर्वाचनमा उपाध्यक्ष लागि मेरो स्वतन्त्र उम्मेदवारी मात्र यी पाँच एजेण्डाका लागि :१. परिवर्तन (Change ) : नेतृत्वमा परिवर्तनले मात्रै सुदृढ र सबल संघको निर्माण सम्भव छ। जब हामी "हाम्रो एनआरएन" चाहन्छौ , राजनीतिक पार्टीको झण्डा बोकेर संघको ठेक्का लिने ठेकेदारहरुबाट नेतृत्व परिवर्तनको शुरुवात गर्न जरुरी छ। २. पारदर्शिता ( Transparency ) : संघको हरेक गतिबिधि पारदर्शी गरिनेछ। व्यक्तिगत र संस्थागत गोपनियता र कानुनले बाधिएका कुराहरु बाहेकको संस्थाका हरेक गतिबिधि र क्रियाकलाप पारदर्शी गर्ने प्रतिबद्धता जाहेर गर्दछु। ३. समानता ( Equality ) : संघमाथि हामी सबैले सधै आरोप लगाउदै आएका छौ कि संघ " हाम्रो एनआरएन" भएन। राजनीतिक पार्टीको झण्डा बोकेका व्यक्तिहरु मात्रै संघभित्र छिर्न सक्ने अवस्थाको सिर्जना भएको छ। हरेक नेपालीले संघलाई " हाम्रो एनआरएन " वा समानताको अनुभूति तब मात्रै अनुभव गर्न पाउनेछन् , जब राजनीतिक रुपले स्वतन्त्र व्यक्तिहरु पनि संघभित्र छिर्न पाउने वातावरण सिर्जना हुनेछ। म प्रण गर्दछु, कुनै पनि आग्रह , पूर्वाग्रहबिना हरेक सदस्यलाई समानताले ध्ययले हेरिनेछ। ४. जवाफदेहिता ( Accountability ) : संघ जहिलेपनि आफ्ना सदस्यहरु र आम सर्वसाधारणप्रति जवाफदेही हुनुपर्छ। तर, पोर्चुगलको हकमा संघ र यसको नेतृत्व सधै राजनीतिक पार्टीहरु आफ्ना कार्यकर्ताप्रति मात्रै वा बढी जवाफदेही रहेको देखिएको छ। संस्थाका आम सदस्यहरु र सर्वसाधारणलाई पुरै उपेक्षित गरिएको छ। पिडित र शोषितहरुलाई पुरै बेवास्ता गरिएको छ। मेरो हरदम प्रयास आम नेपाली र श्रमिक बर्गहरुका चासो, गुनासो र प्रश्नहरुको सम्बोधन गर्ने र आम नेपाली र श्रमिक नेपाली वर्गप्रति जवाफदेही रहने हुनेछ। ५. स्वतन्त्रता ( Freedom ) : जबसम्म स्वतन्त्र व्यक्ति संघको नेतृत्वमा पुग्न सक्दैन, संघ कहिल्यै पनि स्वतन्त्र हुन सक्दैन। कुनै राजनीतिक पार्टीको झण्डा र झोला बोकेर संघभित्र छिरेको ब्यक्ति त्यही राजनीतिक पार्टीका झोले र धुपौरेहरुप्रति उत्तरदायी हुन्छ, आम मान्छे र श्रमिकहरुप्रति कहिल्यै उत्तरदायी हुन सक्दैन। स्वतन्त्र र निष्पक्ष व्यक्तिहरुबाट मात्रै स्वतन्त्र निर्णयको आशा गर्न सकिन्छ। व्यक्तिको र संस्थागत स्वतन्त्रता नै सर्वोपरी हुन्छ। मतदानको निर्णयको पूर्ण अधिकार मतदातामा। आबेशमा र बहकावमा हालेको मतले क्षणिक परिणाम राम्रो लाग्ला तर दिर्घकालिन असर भोग्ने तपाई हामीले नै हो। निर्वाचनमा सहभागी हुनुहोस् , आफ्नो स्वबिबेक प्रयोग गर्नुहोस् ।

Gepostet von Ganesh Pandey am Mittwoch, 21. August 2019

बयानका लागि मेरा भनाई समावेश गरिरहदा म हिरासतबाटै केही प्रश्नहरु पनि गर्न चाहन्छु । जव, कि प्रहरीको बर्दी लगाएका बेला एसपी दानबहादुर मल्ल जीले शालिकजीको भिडियो म्यासेज प्रहरीसँग मात्र सुरक्षित रहेको दाबी गरिरहेका बेला उक्त भिडियो को, बाट कसरी लिक गरियो भन्ने बिषयमा अनुसन्धान अगाडी बढाउँनु पर्ने थियो कि थिएन ? र अर्को कुरा यदि त्यो भिडियो परिवारबाट बाहिरिएको हो भने परिवारलाई पनि उक्त भिडियो सार्वजनिक भएको बिषयमा सोधपुछ गर्नु पर्छ कि पर्दैन ?

तसर्थ अन्य तर्फको अनुसन्धान अगाडी बढाउँनु पर्नेमा अनुसन्धानका लागि भन्दै प्रहरीले मेरो फोनको कल डिटेल निकाल्न समय लगाएको बिषयमा पनि म प्रश्न गर्न चाहन्छु । प्रहरीले दुई दिन भित्रै कल डिटेल सजिलै निकाल्न सक्छ तर मलाई फसाउँने नियत सहित समय लम्बाएको बिषयमा मैले आफूलाई यहाँ भित्र असुरक्षित रहेको महसुश गरेको हुँ ।

यो घटनालाई लिएर प्रहरीले मलाई ५ बर्षनै थुन्ने नियत देखाएको हुँदा देश तथा विदेशमा रहनु भएका मेरा सम्पूर्ण शुभचिन्तकहरुलाई म के भन्न चाहन्छु भने मलाई हिरासतबाट निकालेको ५ मिनेटभित्रै यो घटनामा मेरो कहि कतै संग्लनता छैन भनेर म प्रमाणित गर्न सक्छु । ”

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार