एनआरएनए निर्वाचन : पंगु निर्वाचन आयोग, अझै राजनीतिक भागबण्डा मिलेन, निर्वाचन आयोग मिति सारेको सार्र्यै !

लिस्बन, पोर्चुगल।

गैह्र आवसिय नेपाली संघ पोर्चुगलको निर्वाचन नजिकिदै गर्दा संघभित्र अनेकौ विवादहरु देखा परेका छन्। संघको नयाँ कार्यसमिति चयनको जिम्मा पाएको निर्वाचन समिति पनि पुरै पंगु भएको छ। जनसम्पर्क समिति र नेकपा सहितको समाबेसी समुहले पदको बाडफाड मिलाउन निर्वाचन समितिलाई दबाब दिदै आफ्नो कार्यतालिका अनुसार काम गर्न दिईएको छैन, निर्वाचन समितिलाई पुरै निकम्मा बनाईएको छ।

निर्वाचन समितिको पुर्व तालिका अनुसार उम्मेदवारी फिर्ताको समय १८ अगस्त २०१९ तोकिएको थियो। निर्वाचनको लागि स्पष्टरुपमा उम्मेदवारी परेतापनि दलिय शक्तिका आधारमा पदीय भागबण्डा नमिलेपछि निर्वाचन समितिलाई दबाब दिदै १८ अगस्त बेलुका ५:०९ बजे नयाँ सूचना प्रकाशित गरी उम्मेदवारीको म्याद १९ अगस्त २०१९ बेलुका १८:०० बजेसम्मका लागि थप गरियो। (हेर्नुहोस् फोटो)

हिजोदेखि आजसम्म जनसम्पर्क समिति र नेकपा सहितको समाबेसी टिमबीच दलिय र पदिय भागबण्डाका लागि कयौ पटक बैठक बसिसकेको छ तर अहिलेसम्म कुनै पनि सार्थक निचोडमा पुग्न सकेका छैनन्। २०१७ – १९ को कार्यकालको लागि उपाध्यक्ष पदका एक्लो प्रतिद्वन्दी संचारकर्मी गणेश पाण्डेय बिरुद्ध एक बनेको जनसम्पर्क, नेकपा र नेपाली नारी समाज सहितको गठबन्धन यो पटक आ-आफैमा लडेर बसेका छन्। यसपटक पनि संचारकर्मी पाण्डेयको उम्मेदवारी परेपछि हच्किएका राजनीतिक शक्तिहरुले दबाब दिदै निर्वाचन समितिलाई अन्तिम नामावलीको समय बेलुकी १० बजेसम्मको लागि थप्न लगाएर निर्वाचन समितिलाई पंगु बनाईएको छ। । (हेर्नुहोस् फोटो)

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार