‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीतमा र्‍यापर बने काली प्रसाद बास्कोटा (भिडियो सहित)

असोज ३ गतेबााट प्रदर्शनमा आउन लागेको रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीत सार्वजनिक भएको छ । र्याप शैलीमा तयार पारिएको गीतको भिडियो गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा र अनुपम शर्मा र्यापरको भूमिकामा प्रस्तुत छन् । गीतलाई पनि दुबैले मिलेर लेखेका हुन् । गीतका निर्देशक विजु कर्माचार्य हुन् । भने, कन्सेप्ट काली स्वयंको हो ।

गीतको कन्सेप्ट नयाँ र फरक छ । सम्भवतः नेपाली चलचित्रमा पहिलो पटक यस प्रकारको प्रयोग गरिएको हो । यो गीतले चलचित्रको हाइप निर्माणमा ठूलो भूमिका खेल्नेमा निर्माण पक्षको विश्वास छ । सुरुवाती दिनदेखि नै फरक शैलीको गीत तयार गर्दै आएका कालीलाई यस गीतले थप उचाइ दिलाउने देखिन्छ । उनी आफ्नो नयाँ प्रयासलाई दर्शकले रुचाउनेमा आशावादी छन् ।

महेश्वर श्रेष्ठको डि.ओ.पी रहेको गीतमा सञ्जिप राई र बलराम बुढाथोकीको क्यामेरा छ । भिडियोमा मनिष ढकाल र जोशुआ भोलानले नृत्य प्रस्तुत गरेका छन् । गीतको सम्पादन निर्देशक कर्माचार्य स्वयंले गरेका हुन् । यो गीतलाई फिल्ममा पनि राखिएको छ वा दर्शकलाई हलसम्म तान्न यूट्युबमा मात्र सार्वजनिक गरिएको हो यस विषयमा निर्माण टिमले जानकारी दिएको छैन ।‘कबड्डी कबड्डी कबड्डी’ ले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा वाचन गरेको छ । यसको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । शैलेन्द्र डि. कार्कीले खिचेको यो चलचित्र बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो ।

दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, पुस्कर गुरुङ, कविता आले, लुनिभा तुलाधर, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको यसमा अभिनय छ । चलचित्र सम्पादन निमेश श्रेष्ठले गरिरहेका छन् । सुपरहिट चलचित्रको तेस्रो सिक्वेल भएका कारण दर्शकमा ‘कबड्डी कबड्डी कबड्डी’ को व्यग्र प्रतिक्षा छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार