किराँत राई पोर्तुगल सोसाइटीको गठन !

लिस्बन,पोर्तुगल

पोर्तुगलमा किराँत राई पोर्तुगल सोसाइटीको गठन भएको छ।

आइतबार लिस्बनमा सम्पन्न किराँतहरुको सर्बसम्मतिमा राजकुमार राईको अध्यक्षतामा २३ सदस्यीय सोसाइटीको गठन गरेको छ। महासचिवमा रुमीहाङ राई,उपाध्यक्षहरुमा दीपेश राई, निर्मला राई, सुवास राई, सूर्य सुनुवार, दीपक राई,सचिवहरु नरेन्द्र राई, श्यामजेरुङ राई कोषाध्यक्ष श्रेया राई र सह कोषाध्यक्षमा मावेन राई रहेका छन् भने प्रवक्ता सफल चाम्लिङ रहेका छन् ।यसैगरी कार्यसमिति सदस्यहरुमा कृष्ण राई, दिव्यनी राई, शान्ता राई, सुनिल राई, ओजस्वी राई, वियाङविया किराँत राई, पाण्डव राई, रोशन राई, सन्देश राई ,विवेक राई र सजना सुब्बा राई चुनिएका छन् ।

उक्त कार्यक्रम एभरेष्ट रेष्टुरेन्ट आन्जुसमा सम्पन्न भएको छ। बुना राई, कला राई, अरुण राई, मनिन राई र राज राई यस संस्थाको संरक्षक रहेका छन् भने सल्लाहकारमा लईन्द्र राई, गणेश याक्खा, सकुन्तला राई, यक्षप्रकाश राई, शैलेन्द्र राई र हेमन्त राई रहेका छन् ।

अध्यक्षका अनुसार पोर्तुगलमा रहेका सबै किराँत राईहरु सोसाइटीका स्वतः सदस्य बन्ने प्राबधान रहेको बताएका छन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार