७ बुंदे प्रतिवद्धतासहित शोभा गजुरेल उत्रिइन् चुनावी मैदानमा !

फ्रान्स,पेरिस

गैर आबासिय नेपाली संघ फ्रान्सको आसन्न निर्वाचन (२०१९-२०२१)को लागी सदस्य पदमा शोभा गजुरेलले उम्मेदवारी घोषणा गरेकी छन्।
७ बुंदे प्रतिवद्धतासहित गजुरेलले चुनाबी मैदानमा उत्रिने निर्णय गरेकी छन्।सिन्धुली जन्म घर भै हाल लामो समय देखि फ्रान्सको पेरिसमा कर्म थलो बनाउदै आएकी गजुरेलले समाजमा भएका बिबिध बेतिथि हरुको बारेमा खुलेर बोल्ने र महिला हक हितको लागि बेला बेलामा सामाजिक संजालमा आफ्ना स्प्रष्ट्र भनाइहरु राख्ने गरेको अबगत नै छ। सानै देखि निडर र हक्की स्वभाव भएकी उनि खुल्ला रुपमा चुनावी मैदान मा उत्रिएकि छन् ।भोइस अफ नेपाल संगको सम्बादमा गैर-आवासीय नेपाली संघलाई समाजमा अझ घुलमिल गराउने,युवा तथा महिलाहरुको माझ आकर्षण बढाउन आफूले उम्मेदवारी दिन लागेको बताइन्।
उनको उम्मेदवारी किन ? ७ बुंदे प्रतिवद्धतासहित:
१) बिबिध कारण ले आफ्नो जन्मभुमी छोडेर बिदेश आउन पुगेका नेपाली ले भोग्नु परेका कठिनाई को राम्रो अनुभुती भयकाले म ति समस्या हरु सग जुध्न र तिनका समाधान हुने काम मा उपयुक्त हुन सक्नेछु भन्ने विश्वाश लियर आज हजुर हरु सामु उभियकी छु ।
२) नेपालको मेनपावर कम्पनिको ठगिको चपेटामा परेर बिदेशमा आइ दुख कष्ट भोगिरहनु भयका नेपाली हरुलाई सक्दो सहयोग गर्ने प्रतिबद्दता गर्दछु ।
३) हाम्रा धेरै समस्याहरु नेपाल संग पनि जोडियका छन् नेपालीहरुका समस्या समाधान गर्न म पुलको भूमिका खेल्ने प्रयास गर्ने छु ।
४) म एउटी महिला भयकाले बिदेशमा रहनु हुने महिलाहरुका समस्या बुझ्न र तिनका समाधान गर्न सहजकर्ताको भूमिका रम्रोसग खेल्न सक्ने छु ।
५) नेपालको राजनीति परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको पारिवारिक सदस्य भएकोले नेपाली जनता र नेपाल राष्ट्र प्रति मेरो प्रतिबद्दता प्रती पुन : विश्वाश दिलाउन चाहन्छु ।

६) एन आर एनए फ्रान्सको आर्थिक गतिबिधी लाई प्रष्ट रुपमा अगाडि ल्याइ समय सापेक्ष्य कार्यक्रम हरुलाई अगाडि बढाउने मेरो प्रतिबद्दता रहने छ । हरेक एन आर एनएले गर्ने कार्यक्रम लाई छोटो छरितो र समयमा सन्चालन गर्ने कोशीसमा पहल मेरो रहने छ।

७) हामी सबै नेपालीको साझा घर एन आर एनए बनाउन नेपाली बाहेक अरु तरिका बाट पनि केस गरी फ्रान्सको कागज पाउनु भएका नेपाली मुलका नेपाली लाई पनि एन आर एनएमा आबद्द हुने बातावरण मिलाउने मेरो प्रयास रहने छ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार