चीनमा आँधीका कारण २८ जनाको मृत्यु, एक हजारभन्दा बढी उडान रद्द, ट्रेन सेवा पनि रद्द

काठमाडौं

चीनकाे लेकिमा आँधी आएपछि कम्तीमा २८ जनाको मृत्यु भएको अनि दश लाखभन्दा बढी मानिसले घरबार छोडेर जान बाध्य हुनुपरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । अधिकारीहरूले आँधीपछि आएको पहिरोका कारण २८ जनाको मृत्यु भएको बताएका छन् । दशजना मानिस हराइरहेको बताइएको छ ।

लेकिकाे आँधी शनिवार बिहान ताइवान र चीनको आर्थिक राजधानी शांघाईको बीचमा रहेको वेनलिङमा आइपुगेको थियो । आँधी जमीनमा आइपुगेपछि वेन्चोमा पहिरो आएको सरकारी मिडियाले बतायो । भारी वर्षाका कारण बनेको प्राकृतिक बाँध भत्किएपछि पहिरो गएको थियो ।

आपतकालीन टोलीहरूले बाढीका कारण फसेका गाडीचालकहरूलाई बचाउन संघर्ष गर्नुपरेको थियो । उनीहरूले क्षतिग्रस्त भवनको भग्नावशेषबाट जीवित मानिसको खोजी गरेका थिए । आँधीका कारण धेरै रुख ढलेका छन् भने विद्युत् आपूर्ति ठप्प भएको छ ।

अधिकारीहरूले एक हजारभन्दा बढी उडान रद्द गरेका छन् र ट्रेन सेवा पनि रद्द गरेका छन् । शांघाईको डिज्नील्यान्ड पनि दिनभरिका लागि बन्द गरिएको छ । आँधी शांघाई शहर आइपुग्दा कमजोर हुँदै जाने तर यसले खतरनाक बाढीको जोखिम ल्याउने सम्भावना छ ।

बीबीसीबाट

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार