घुस लिँदालिँदै इन्जिनियरसहित चारजना अख्तियारको फन्दामा

काठमाडौं ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष टोलीले घुस लिँदालिँदै डिभिजनल इन्जिनियरसहित चारजना पक्राउ गरेको छ ।

सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेल र इन्जिनियर पवित्रमणि आचार्य घुस लिँदालिँदै आफ्नै निवासबाट पक्राउ परेका हुन् ।

अख्तियारको टोलीले घुस दिने जिएमआर निर्माण सेवाका सञ्चालक ऋषि गौतमलाई पनि नियन्त्रणमा लिएको छ ।

पोखराको विन्दवासिनीदेखि हरिचोकसम्मको सडक निर्माण ठेक्का लिएका ऋषि गौतमले कमिसनवापतको रकम डिभिजनल इन्जिनियर पोखरेललाई निवासमै बुझाइरहेको बेला अख्तियारले पक्राउ गरेको हो ।

त्यसैगरी पुर्वाञ्चल विश्वविद्यालयका प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई पनि ६ लाख ७५ हजार घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । काठमाडौंको दरबारमार्गस्थित शेर्पा मलबाट कोइराला रङ्गेहात पक्राउ परेका हुन्

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार