सुनको भाउ तोलाको ६८ हजार पुग्यो

काठमाडौं ।

सुनको भाउ अहिलेसम्मकै महंगो भएको छ । लगातार बढिरहेको सुनको भाउ मंगलबार तोलामा ३०० रुपैयाँले बढेर ६८ हजारमा कारोबार भइरहेको छ । सोमबार छापावालसुन प्रतितोला ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

अमेरिका र चीनबीचको व्यापार युद्धको प्रभाव अन्तर्राष्ट्रिय सेयर बजारमा परेका कारण सुनको भाउ निरन्तर उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघ एवं अन्य व्यवसायीले जनाएका छन् ।

चाँदीको भाउ भने बढेको छैन। सोमबार प्रतितोला ७९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेका छ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार