भाषा नआएकै कारण पोर्चुगलमा आप्रवासी नेपाली शिशुको जन्मदर्ता भएन, शिशुहरु राज्यबाट पाउनुपर्ने सेवा र सुविधाबाट बन्चित !

लिस्बन, पोर्चुगल।

आमाबाबाले पोर्चुगिज भाषा बोल्न नजानेकै कारण पोर्चुगलमा आप्रवासी नेपालीको नवजात शिशुको जन्मदर्ता हुन नसकेको खबर छ। घटना पोर्चुगलको बेजा क्षेत्रको हो।

आप्रवासी नेपाली दम्पतीद्वारा जन्म भएका दुई शिशुको जन्मदर्ता गर्न स्थानीय इन्स्टिच्युट अफ रजिष्ट्रेसन कार्यालयले अस्विकार गरेको छ। दुवै शिशु बेजा अस्पतालमा जन्मिएका थिए। जन्मदर्ता अस्विकार गर्नुको कारण ति शिशुका अभिभावकहरु पोर्तुगिज भाषा बोल्न नसक्ने भएको बुझिएको छ।

आप्रवासी नेपाली दम्पतीबाट १४ जुलाई २०१९ मा जन्मिएका फन्नीको अहिलेसम्म जन्मदर्ता गरिएको छैन। त्यस्तै १५ जुलाईमा नै बेजा अस्पतालमा नेपाली दम्पतीबाट जन्मिएकी स्यामाको पनि अहिलेसम्म जन्मदर्ता हुन सकेको छैन।

पोर्चुगलमा नेपाली आप्रवासीहरुको संख्या बढेसंगै भाषिक समस्याका कारण कयौं नेपालीहरु राज्यबाट पाउनुपर्ने सेवा र सुविधाबाट बन्चित भएका छन्। कयौ नेपालीहरु भाषा कठिनाईका कारण कागजी प्रक्रियामा कठिनाई भोग्दै आईरहेका छन् भने अर्कोतिर ठग र दलालहरुको चंगुलमा परेर दुख समेत पाउदै गरेका घटनाहरु बढ्दै गईरहेका छन्।

फोटो : पब्लिको

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार