तीन महिनाअघि मात्रै पोर्चुगल आयका एक नेपालीको दु:खद निधन, २०१० यता ज्यान गुमाउने नेपालीको संख्या २७ पुग्यो !

लिस्बन, पोर्चुगल ।

काम र अवसरको खोजीमा तीन महिनाअघि मात्रै पोर्चुगल आएका एक नेपालीको दु:खद निधन भएको छ । सोलुखुम्बु घर भएका ३५ वर्षीय रामबहादुर बस्नेतको उपचारको क्रममा जुलाई ३१ तारिखका दिन निधन भएको हो ।

बस्नेतको पेटमा समस्या भएपछि बेजाको सान्तियागो दि कासेइ अस्पतालमा उपचार गर्दागर्दै मृत्‍यु भएको हो। पोर्चुगलमा आप्रवासी नेपालीहरुको संख्या बढेसंगै समस्या पनि त्यत्तिकै बढेका छन्। सन् २०१० यता मात्रै २७ जना नेपालीहरुले ज्यान गुमाई सकेका छन्।

मृतक बस्नेतको शव उनको परिवारको आग्रहमा आज नेपाल पठाइदैछ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार