सुनको भाउ अहिलेसम्मकै महँगो, प्रतितोला ६७ हजार ८ सय

काठमाडौं

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै बढी कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ६७ हजार रुपैयाँ नाघेको छ ।

महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६७ हजार ८ सय रुपैयाँ कायम गरिएको छ । तेजावी सुनको मूल्य प्रतितोला ६७ हजार ५ सय रुपैयाँ कायम गरिएको महासंघले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्य बढेका कारण नेपालमा पनि सुनको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसअघि सुनको मूल्य आइतवार ६६ हजार ३ सय रुपैयाँ रहेको थियो । सोमवार (आज) का लागि कायम गरिएको सुनको मूल्य अहिलेसम्मकै उच्च रहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ७ सय ९५ रुपैयाँ रहेको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार