गोलीकाण्डपछि राष्ट्रपति ट्रम्पले भने-‘घृणालाई अमेरिकामा कुनै स्थान छैन’

एजेन्सी ।

अमेरिकाको टेक्सस र ओहायोमा भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घृणालाई आफ्नो देशमा कुनै स्थान नभएको बताएका छन् ।

करिव ३० जनाको ज्यान जानेगरी भएको गोलीकाण्डपछि यस्ता हिंसा रोक्न के गर्न सकिन्छ भन्ने विषयमा ट्रम्पले महान्यायाधिवक्ता, गुप्तचर निकाय एफबीआई र कंग्रेस सदस्यहरूसँग वार्ता गरिरहेको बताएका छन् ।

त्यसबारे उनले सोमवार आफ्नो औपचारिक धारणा सार्वजनिक रूपमा बताउने योजना बनाएको जनाएका छन् । ट्रम्पले भविष्यमा यस्ता खालका घटना हुन नदिन अझै धेरै गर्नु पर्ने बताए । राष्ट्रपति ट्रम्पले अल पासो र डेटनमा भएका घटना मानसिक रोगको समस्याका कारण भएको बताएका छन् ।

तर विपक्षी डिमोक्र्या्टिक पार्टीका नेताहरूले राष्ट्रपति ट्रम्पले गोरो राष्ट्रवादको आलोचना नगरेको र आप्रवासी र अश्वेत मानिसहरूबारे उत्तेजना फैलाउने खालका टिप्पणीहरू गर्ने गरेको भन्दै ट्रम्पको आलोचना गरेका छन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार