एभरेष्ट एकेडेमीद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न( फोटो फिचर)

एभरेष्ट एकेडेमी अत्तरीयाले ऐश्वर्य सामुदायिक वन परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । । एकेडेमीका कक्षा ११ र १२ मा अध्ययनरत एक सय बढी विद्यार्थी, शिक्षकहरु तथा सामुदायिक वनका सदस्यहरुको सहभागितामा वृक्षारोपण भएको हो ।

सामुदायिक वनका सचिव यावी राउतले सिसम, लिप्टीस, खयर, बेल लगायतका पाँच सय विरुवाहरु रोपिएको जानकारी दिनु भयो ।
एकेडेमीका प्रिन्सिपल स्माइल चौधरीले जलवायु परिवर्तनलाई न्यूनीकरण तथा वातावरण संरक्षण गर्ने जिम्मेवारी वोध गराउन विद्यार्थीहरुलाई वृक्षारोपण कार्यक्रममा सहभागि गराएको वताउनु भयो । साथै यस कार्यक्रमले नेपाल सरकारको वृक्षारोपण वर्ष २०७६ को लक्ष्यलाई सहयोग गर्ने पनि रहेको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार