फरार अभियुक्तसँग नाम मिलेकै भरमा ६ वर्ष जेल जाँदैछन् गणेश, मालपोत नै बिचौलियाको कब्जामा !


काठमाडौं ।
मलेसिया गएको छाेराे १० वर्षदेखि बूढा आमाबावु र श्रीमतीलाई सम्पर्क गर्दैन
काठमाडाैँ । रोल्पा त्रिवेणी गाउपालिका रामपुरका लक्ष्मण सुनार मलिसिया गएको १० वर्ष भयो । मलिसिया गएको १ बर्षपछि उनले आफ्नो परिवारलाई सम्र्प गर्न छाडिदिए ।

घरमा बुढा आमाबावु, आफ्नी श्रीमती, छोरा कसैलाई पनि सम्पर्क गर्दैनन् उनी । लक्ष्मणको छारा ११ वर्षका भए । उन्की श्रीमती सुशीला सुनारलाई हातमुख जोड्न समस्या छ, छोरालाई कसरी पढाउने थाहा छैन् । काम गरेर खाउ भने विरामी भईरहन्छिन । ९ बर्ष भयो सुशीलाको लक्ष्मणसँग सम्पर्क नभएको ।

सुशीला अझै लक्ष्मण आउने आशमा बसिरहेकी छिन् । उता लक्ष्मणले भने मलेसियाकै केटिसँग बिवाह गरिसकेका छन् ।

नुवाकोट मालपोत कार्यालय बिचौलियाको कब्जामा
नुवाकोट । नुवाकाेट मालपोत कार्यालय विचौलीयाले चलाइरहेका छन् भन्दा फरक नपर्ने रहेछ । केहि दिन अघि विचौलीयाकै कारण सेवाग्राहीको काम रोकिएको गुनासो आएपछी नुवाकोटस्थित हाम्रा टिभी जर्नलिष्ट रामहरी गजुरेल मालपोत कार्यालयमा पुगेका थिए ।

मालपोत कार्यालयमा त विचौलियाहरु अलिकति पैसा दिए काम छिटो गराइदिने भन्दै पैसा माग्दै थिए । मालपोत कार्यालयम पुग्दा लेखापढीको आवरणमा केही व्यक्तिहरुले सेवाग्राहीका कागजपत्र चलाउने देखि कार्यालय हाकिमसम्मलाई कागजपत्रको बारेमा निर्देशन दिदै थिए ।

लाइनमा बसीरहेका सेवाग्राहीलाई वेवास्ता गर्दै उनिहरुले हुकुमी शैलीमा यसरी काम ग राइरहेका थिए । हामीले उनिहरुको काम कैदी गरीरहेको थापा पाएपछी विचौलीयाको काम गरीरहेका उमेश पाण्डे भनीने यि व्यक्तिले क्यामेरा झम्टीन आए ।

नाम मिलेकै भरमा निर्दाेषलाई ६ वर्ष जेल सजाय !
काठमाडाैँ । ताप्लेजुङ मेरिङदेन–४ का ३७ वर्षीय गणेश हाङगाम लिम्बूले फरार अभियुक्तसँग नाम मिलेकै भरमा ६ वर्ष कैद भुक्तान गर्नुपर्ने भएको छ । प्रहरी र प्रशासनले नै आफूलाई फसाएको भन्दै उनी न्याय माग्न भौँतारिइरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय इलामले हातहतियार खरखजना मुद्दाका फरार अभियुक्त विक्रम भनिने गणेश लिम्बूविरुद्ध तोकेको ८० हजार रुपैयाँ जरिवाना लिम्बूले जेल पर्ने भयका कारण २१ भदौ ०७५ मा तिरेका थिए । त्यसैलाई आधार मान्दै उच्च अदालतले लिम्बूविरुद्ध ३१ वैशाख ०७६ मा ६ वर्ष कैद र ६७ हजार ८ सय ६० रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । उनलाई २०६९ सालमा इलामका प्रकाश पुलामी मगरको घरमा भएको चोरीमा संलग्न तथा मुख्य योजनाकार भएको भन्दै मुद्धा लागेको रहेछ ।

विस्तृत भिडियाेमा :

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार