‘द भ्वाइस अफ नेपाल सिजन–२’ साउन ३१ बाट सुरु हुने


काठमाडौं ।

गायनमा प्रतिभा खोज्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’साउन ३१ बाट सुरु हुने भएको छ । हिमालय टीभी एचडीमा ३१ गतेदेखि हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म सो प्रसारण हुने आयोजकले जनाएका छन् ।

झण्डै २२ हजार आबेदकमध्ये छानिएका करिव १ सय नयाँ प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा कोचहरुसामु आफ्नो आवाज सुनाएका छन् । सुरिलो आवाजमार्फत् कोचको कुर्सी घुमाउने प्रतिभाको भाग्य पनि घुम्ने छ र उनीहरुको सांगीतिक यात्रा सुरु हुने छ ।

‘निकै क्षमतावान प्रतिभाहरु ब्लाइन्ड अडिसनमा आइपुग्नुभएको छ’ कार्यक्रमका निर्देशक लक्ष्मण पौड्यालले भने–‘सबै एक से एक हुनुहुन्छ, प्रतिस्पर्धा निकै कडा छ ।’ या सिजनमा राजु लामा र आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिएका छन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार