मेस्सीलाई कारबाही : तीन महीनासम्म अन्तर्राष्ट्रिय खेल खेल्न प्रतिबन्ध


काठमाडौं

विश्वकप फुटबलका चर्चित पात्र एवं अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई ३ महिनाका लागि अन्तर्राष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाइएको छ । उनलाई राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाइएको हो ।

कोपा अमेरिकामा अर्जेन्टिना पराजित भएपछि उनले प्रतियोगिता नै ‘भ्रष्ट’ भन्दै टिप्पणी गरेका कारण प्रतिबन्ध लगाईएको हो । दक्षिण अमेरिकी फुटबल संघले उनी माथि ५० हजार डलर जरिवाना पनि लगाएको छ ।

प्रतिबन्धका कारण मेस्सीले सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने छन् । तीन महिनाको प्रतिबन्धमा परेका मेस्सीले आफू माथिको सजायँ विरुद्ध आगामी एक साताभित्र अपिल भने गर्न सक्ने बताइएको छ ।
एजेन्सी

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार